रुसले दियो कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती

 न्यूज विराट
रुसले दियो कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती

एजेन्सी, जेठ २०–रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो ।

योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरोना भाइरसविरुद्धको औषधि दिन सुरू गरिन लागेको समाचार एजेन्सीहरूले जनाएका छन् । रुसका स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना संक्रमितहरुलाई आगामी जुन ११ बाट यो औषधि दिइने बताइएको छ ।

रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले रूसका सबै अस्पतालमा रहेका कोरोना संक्रमितहरूलाइ यो औषाधि दिइने बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

यो एन्टिभाइरसको रुपमा विकास गरिएको औषधिको नाम ‘एभिफ्याभिर’ राखिएको छ । कोरोना भाइरसविरुद्धको औषधि अहिलेसम्म कुनै पनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औषधि विकास गरेको दावी गरे पनि प्रयोगका लागि सरकारले अनुमति दिएको छैन।

सम्भवतः कोरोना भाइरसविरूद्धको औषधि प्रयोग गर्न अनुमति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औषधि निर्माता कम्पनीले कोरोना विरुद्ध बनाइएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गर्ने दाबी गरेको छ ।

जापानमा पनि यो औषधिलाई ‘एभिगान’ नामबाट परीक्षण गर्ने तयारी भइरहेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले यो औषधिको प्रशंसा गर्दै यसको विकासका लागि १२.८ करोड डलरको बजेट स्वीकृत गरेको पनि समाचार एजेन्सीहरूले बताएका छन् । तर जापान सरकारले भने कोरोना विरुद्धको औषधिका रुपमा स्वीकृति दिन बाँकी नै रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : आयोजक मिल्स र विराट भेट्रान्स सेमिफाइनलमा

विराटनगर। कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैचा नगरपालिकाको विराट भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको छ।विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्सले सुनसरीको रामधुनी भेट्रान्स क्लबलाई...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो १०औँ महाधिवेशनको निमन्त्रणा दिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता डा. राजन भट्टराईले पार्टीको...

प्रदेश १ मा आज ६७० जना डिस्चार्ज हुँदा ६५ सक्रमित थपिए

विराटनगर, ४ पुस- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६ सय ७० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय ६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म...

जनकपुरमा रूघाखोकीको बिरामी देख्नेबित्तिकै डाक्टर डराउन थाले

जनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन । यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई प्रादेशिक अस्पतालसम्मले भर्ना गरेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी...

एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक

विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक...

मोरङमा ६६ प्रतिशत मत खस्यो

विराटनगर । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा ६६ प्रतिशत मत खसेको छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेको मध्ये प्रारम्भिक तथ्यांक अनुसार ४ लाख ८७ हजार ४७...

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : कमल थापा

काठमाडौं, २७ पुृस-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा...

सहमतिको प्रयासस्वरूव बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् । आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्