थप २ सय ८८ जनामा कोरोना संक्रमण

 न्यूज विराट
थप २ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, २० जेठ-नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये २ सय ७० जना पुरुष छन् भने १८ जना महिला छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले देशका विभिन्न स्थानमा गरिएको पछिल्लो विवरणअनुसार २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । कुल संक्रमितमध्ये १ हजार ९ सय ४९ जना पुरुष र १ सय ५० जना महिला छन् ।

पछिल्लो विवरणअनुसार देशभरबाट ४५ जना डिस्चार्ज भएका छन् । शिक्षण अस्पतालबाट १, गुल्मी अस्पतालबाट १ जना, भीम अस्पतालबाट २५ जना, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना निको भएका छन् । कुल २ सय ६६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । जसमध्ये २ सय १२ जना पुरुष र ५४ जना महिला छन् ।

७५ हजार ३ सय ४३ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । आरडीटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ जनाको परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा ३ हजार ४ सय ४० नमुना पीसीआर विधिबाट गरिएको छ भने २ हजार ५ सय ८८ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् । देशभरका अस्पतालका आइसोलेसनमा १ हजार ८ २५ उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मर्छु माग पुरा नभएसम्म अनसन छोडेर हिंड्दिन : निवर्तमान मुख्यमन्त्री केदार कार्की

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मंगलबार ४ बजेदेखि आमरण अनसन बस्ने बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीको झण्डा नराखी प्रदेशसभा भवन अगाडि आमरण अनसन बस्ने बताएका हुन् । उनले...

प्रहरी हिरासतको पर्खाल भत्काएर ६ थुनुवा फरार

विराटनगर । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर थुनुवाहरु फरार भएका छन् । लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका हुन् । पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको...

काठमाडौं उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १९६ महिला र २८६ पुरुषमा कोरोना पुष्टि भएको हो । आज सबैभन्दा धेरै...

भारतले पनि लकडाउन गरेपछि आपूर्तिमा समस्या

मंगलबारदेखि लागु हुने गरी भारत सरकारले पनि २१ दिनको लागि लकडाउन गरेपछि बुधबार भारतबाट हुने आपूर्तिमा समस्या भएको छ । बुधबार एका बिहानै भारतबाट सामान आयात भए पनि दिउसो भने आयात निर्यातमा समस्या भएको भन्सार...

तस्करले सवारी चालक राईलाई फसाएको गुनासो, रिहाको लागि परिवारको हारगुहार

विराटनगर । भारतबाट क्यारिङ्गमार्फत कपडाको तस्करी गर्ने गिरोहको समूहले विराटनगरका एक जना सवारी चालकलाई फसाएको भन्दै न्यायको लागि परिवारले हारगुहार गरेका छन् ।  नक्कली बिलबिजक देखाएर सवारी चालक विराटनगर ७ का ४२ वर्षीय जय कुमार...

‘रअ’ प्रमुख मोदीको विशेष दूतको रूपमा नेपाल आएका हुन् : ईश्वर पोखरेल

काठमाडौं, ११ कात्तिक-उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसँग भेट तथा संवादका लागि आएका बताएका छन् । उनले नेपाल सरकारको...

कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३१ वैशाख-झापाको दमक नगरपालिका– ५, हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट  १ साइकलयात्रीको मृत्यु भएको छ । बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्