इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना संक्रमित

 न्यूज विराट
इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना संक्रमित

एजेन्सी, जेठ २०-इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेतान्याहुको कार्यालयले एक कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो ।

यद्यपि नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहु ति कर्मचारीसँगको सम्पर्कमा पुगेका थिए या थिएनन् भन्ने खुलाइएको छैन । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयका अन्य कर्मचारीमा समेत परीक्षण र निगरानी बढाइएको छ ।

यसअघि नेतान्याहुले दुई पटक कोरोना संक्रमणको खतराको सामना गरिसकेका छन् । मार्चमा उनका सल्लाहकारमा कोरोना संक्रमण पुष्टि भएको थियो भने अप्रिलमा स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएका थिए । यद्यपि उनको परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।
इजरायलमा हालसम्म १७ हजार १ सयभन्दा बढी संक्रमित भइसकेका छन् भने २८५ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

रोटरी क्लबलाई सिद्धार्थ बैंकको सहयोग

विराटनगर । रोटरी क्लबअफ विराटनगर डाउनटाउनलाई सिद्धार्थ बैंकले सहयोग गरेको छ। बैकले एक कार्यक्रमकाबिच डाउनटाउनलाई ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको हो । डाउनटाउनले सिद्धार्थले उपलब्ध गराएको रकम इक्राहीमा बन्दै...

घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा

कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर...

कोरोनाबाट १ भारतीयसहित ३ जनाकाे मृत्यु

काठमाडौं, १२ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा १ भारतीय नागरिकसहित २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

विराटनगरमा महायज्ञ मंगबलारदेखि सुरु हुने

विराटनगर । श्री शिव महापुराण ज्ञान महायज्ञ मंगलबारदेखि सुरु हुने भएको छ । श्री सिद्धेश्वर महादेव सेवा समिति विराटनगर ३ हलेसी टोलको आयोजनामा महायज्ञ सुरु हुने भएको हो ।फागुन ६ देखि १४ गतेसम्म संचालन हुने...

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री...

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीना कार्की नियुक्त

विराटनगर, २२ चैत्र । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी हटाएको प्रदेश १ सरकारले नयाँ पदाधिकारी नियुक्त गरेको छ । आज मन्त्रिपरिषद् आज बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने...

प्रतिवन्धित लागुऔषध सहित ७ जना पक्राउ

विराटनगर, १७ माघ । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय...

नेपालमा पीसीआर परीक्षण १ लाख नाघ्यो

काठमाडौं, जेठ २६-नेपालमा पीसीआर परीक्षण १ लाख नागरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ लाख बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारसम्म पीसीआर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्