
आज देशभर ३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ५०२ कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । कुल संक्रमित मध्ये सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ । २४ घण्टामा २ हजार ८७८ संक्रमित निको भएका छन् । कुल संक्रमितमध्ये १ लाख ७९ हजार २४२ निको भइसकेका मन्त्रालयले जनाएको छ ।