डडेल्धुरा, १९ जेठ-डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोनालाई जितेका छन् । जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-१० का २८ वर्षीय युवकले कोरोना जितेका हुन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गर्न लागिएको हो ।
ती युवकको २ पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए ।
‘उहाँको २ पटक नमुना परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गर्न लागेका छौँ’, उनले भने, ‘सम्भवत आज उहाँ कोनोना जितेर घर जानुहुन्छ होला ।’