दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् ।
भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका राजकुमार खत्रीले आफूहरूले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले आफूहरूले नाराबाजीसहित गाउँपालिका घेर्नु परेको जिकिर गरे ।
गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले आफूहरूले खान बस्न राम्रो व्यवस्था मिलाए पनि भान्छेहरू क्वारेन्टानमा बस्नेहरूले दुःख दिएकाले भागेको भएको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरिन् । रासस