राशिफल

विराटनगरमा ३० सहित प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

 न्यूज विराट
विराटनगरमा ३० सहित प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा ३–३, इलाम, संखुवासभा र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ, तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३०, बेलबारीमा ८, उर्लाबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बुढीगंगामा ५–५, ग्रामथानमा ३, सुनबर्षीमा २, मिक्लाजुङ, जहदा, कटहरी, कानेपोखरी र स्थानीयतहनखुलेका १–१, सुनसरीको धरानमा ११, इटहरीमा ९, बराहक्षेत्रमा ४,गढीमा २, देवानगञ्ज र इनरुवामा १–१ र स्थानीयतहनखुलेका ३, झापाको दमकमा ८, हल्दिबारी र कनकाईमा ३–३, भद्रपुरमा २, बुद्धशान्ति, शिवसताक्षी, विर्तामोड, मेचीनगर, गौरादह, गौरीगञ्ज, कमलगाउँपालिका र स्थानीयतहनखुलेका १–१, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी र स्थानीयतहनखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा३, इलामको इलामनगरपालिका र चुलाचुलीमा १–१, संखुवासभाको खाँदबारी र पाँचखपनमा १–१, खोटाङको दिप्रुङमा २, पाँचथरको फिदिम, ताप्लेजुङको श्रीजंगा र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माआज ४५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा १८० महिला र २७८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २ हजार ६३२ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...