लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

 न्यूज विराट
लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

विराटनगर, ७ असार-सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन ।  पक्राउ पर्नेमा भारत सुपौल ग्राम पञ्चायत–१ का २० वर्षीय लक्ष्मण कुमार पासवान र सोही स्थानका १९ वर्षीय अर्जुनकुमार पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर उनीहरुको शरीर खानतलासी गर्दा कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतीय रुपैयाँ १ हजार २ सय ५० र भारतका विभिन्न बैंकका एटीअएम कार्ड समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गत शुक्रबार दुबै जनालाई पक्राउ गरिएपनि अनुसन्धान पश्चात आज सार्वजनिक गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

आज दशैँको पाचौँ दिनः नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना

काठमाडौँ, २५ असोज-नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका...

विद्यालयलाई फाउन्डेसनका अध्यक्ष गिरीद्धारा शैक्षिक समाग्री वितरण

विराटनगर । गिरी फाउन्डेसन विराटनगरले मोरङको कटहरी गाउँपालिका ४ स्थित श्री आधरभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनका अध्यक्ष अविशेक गिरीले विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामाग्री बुधबार वितरण गरेका हुन् ।सामुदायिक विद्यालयको शैक्षिक...

महानगर स्तरीय आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार महानगरभित्रका...

घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

काठमाडौं, १२ जेठ-अरबी पात्रो हिजरी संवतअनुसार १० औँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।  १० औँ महिनाको पहिलो दिन...

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले मट्टितेल र डिजेलमा मूल्य वृद्धि गरेको छ । आज इन्डियल आयल कर्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जारी विज्ञप्ति...

भारत : कांग्रेस नेता शशि थरुरविरुद्ध राजद्रोह मुद्दा

एजेन्सी, १६ माघ-भारतस्थित उत्तर प्रदेशको नोएडा प्रहरीले भारतीय कांग्रेसका नेता शशि थरुरसहित केही वरिष्ठ पत्रकारविरुद्ध राजद्रोहको मुद्दा लगाएको छ ।  गणतन्त्र दिवसको दिन भएको हिंसामा संलग्न भएको भन्दै कांग्रेस नेता थरुरसहित पत्रकारहरु राजदीप सरदेसाइ, मृणाल...

वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, ११ भदौ–सुनसरीको धरनस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश २ को सिराहा नगरपालिका–२ का ५५ वर्षिय पुरुषको बिहिबार साँझ पौने ७ बजे उपचारका क्रममा मृत्यु...

भव्य भयो धौंखल वंशको १७ औं भेला, ७ जना सम्मानित (फोटो फिचर)

विराटनगर । झापा, मोरङ, सुनसरी र ताप्लेजुङ्गमा बसोवार गर्ने श्रेष्ठ सामुदायको धौंखल वंशको १७ औं भेला विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित पदम कुमार श्रेष्ठको घरमा विविद्य कार्यक्रम आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्