रुकुम हत्या काण्ड छानविन गर्न सांसद बराइलीको माग

 न्यूज विराट
रुकुम हत्या काण्ड छानविन गर्न सांसद बराइलीको माग

विराटनगर, जेठ १५–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद उमिता बराईलीले रुकुम हत्या काण्डको संसदिय समिति मार्फत छानविन गर्न माग गरेकी छन् । बिहिबार प्रदेश नं. १ प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद बराईलीले सो घटनाको संददिय समिति मार्फत छानविन गर्न संघिय सरकारसँग माग गरेकी हुन्।

उनले मुलुकमा गणतन्त्र आइसके पनि दलित समुदायले न्यायको अनुभुति गर्न नपाएको भन्दै सरकारको ध्यानाकषण समेत गराइन । सांसद बराइलीले एक नम्बर प्रदेशमा पनि दलित समुदाय माथि अन्तरजातीय विवाहका नाममा जेल हाल्ने, बहिष्कार गर्ने र यातना दिने कार्य भैरहेकोले सरकारलाई गम्भिर बन्न आग्रह गरिन् ।

उनले समाजमा कानुन अनुसार उमेर नपुगेपनि विबाह गर्ने गराउने काम भैहरेको बताउँदै जात नमिलेकै आधारमा उमेरहदको बहाना बनाएर जेल हाल्ने र यातना दिने जस्ता काम भइरहेको आरोप लगाइन् ।

सांसद बराईलीले जातकै कारण प्रेमी र उनका साथीहरुलाई सांघातिक आक्रमण गरेर हत्या गर्नु अति नै क्रुर अमानविय घटना भन्दै दोषीलाई कडा कार्वाहीको माग समेत गरिन् ।

समाजवादी पार्टीका सांसद जयराम यादबले गणतन्त्र आइसक्दा पनि दलित समुदायमाथि जातिय बिभेद भैरहनु अमानविय कार्य भएको बताए । उनले पश्चिम रुकुममा भएको अपराधिक घटनासँगै सबैखाले जातिय विभेदको अन्त्य गराउन सरकारसँग माग गरे ।

सांसद लीला सुब्बाले गणतन्त्रमा अझै पनि दलित र महिलाहरुमाथि हिँसा भैरहेको बताउँदै त्यसको अन्त्य गराउनुपर्नेमा जोड दिइन् । काँग्रेस संसदिय दलका उपनेता हिमाल कार्की र सचेतक सुयर्माराज राईले रुकुमको अपराधिक घटना अत्यन्तै क्रुर र अमानविय भएकाले दोषीलाई कडाभन्दा कडा कार्वाही हुनुपर्ने माग गरे ।

रुकुमको चौरजहारीकी सुष्मा ठकुरी र जाजरकोटका नवराज बिश्वकर्माले अन्र्तजातिय बिवाह गर्न लागेको थाहा पाएर १० जेठमा केटी पक्षले प्रेमी नवराज र उनका साथीहरुलाई कुटपिट गरेर हत्या गरेका थिए । नवराजसहित ४ जनाको शव भेरी नदीमा मृत अवस्थामा फेला परिसकेको छ । अझै २ जना बेपत्ता रहेकाले खोजि कार्य जारी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

लक्षण नदेखिएपछि २७ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

बुटवल, २३ जेठ-बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोनाका लक्ष्ण नदेखिएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो । संक्रमित भएर १४ दिन आइसोलेसनमा बसेका उनीहरूमा कोरोनाको कुनै पनि...

पछिल्लो २४ घण्टामा देशभर १२७ संक्रमित थपिए

विराटनगर, ३० माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२७ जनामा...

जनता क्याम्पसको आइसोलेसनबाट ३७ जना डिस्चार्ज

विराटनगर, ९ भदौ-मोरङको रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट मंगलबार ६ महिने शिशु र एक गर्भवती महिलासहित एकैदिन ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । सो आइसोलेसन केन्द्रमा उपचारपछी मंगलबार एकै दिन रंगेली नगरपालिकाका...

प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

विराटनगर, २२ भदौ–पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र...

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गर्दै

विराटनगर।कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गरेको छ। गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा पर्यटन वर्षको उद्घाटन गरिएको हो। सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह...

कोरोना प्रसारमा मौसमको असरबारे प्रमाण छैन : डब्लुएचओ

एजेन्सी, जेठ २९-विश्व स्वास्थ्य संगठन (डब्लुुएचओ) ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको प्रसारमा असर गर्नेबारे अत्यन्तै कम प्रमाण रहेको बताएको छ । ‘हामी मौसम परिवर्तन या तापमान वृद्धिले कोरोना भाइरसको असर कस्तो हुन्छ भनेर भरोसा...

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबिच छलफल

विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ...

चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी

एजेन्सी, बैशाख २७-अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक अर्थव्यवस्थामा आउने गिरावटबारे यसअघि गरिएको अनुमान अझै कम हुने संकेत दिएको छ । आईएमएफले चीन र अमेरिकालाई पुनः व्यापारिक युद्धमा नअल्झन चेतावनी दिँदै यसबाट कोरोना भाइरस (कोभिड–१९)...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्