कर्णालीमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

 न्यूज विराट
कर्णालीमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

सुर्खेत, १२ जेठ-कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजिटिभ देखिएका ५ जनाको थप परीक्षणका लागि नेपालगञ्ज पठाइएकोमा त्यहाँ पनि नतिजा पोजिटिभ देखिएको छ ।

नेपालञ्जमा गरिएको परीक्षणमा पाँचै जनामा  संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य  निर्देशनालयकी निर्देशक डा. रीता भण्डारी जोशीले जानकारी दिइन् । यो सँगै कर्णालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ ।

नयाँ संक्रमित हुनेमा दैलेखको नारायण नगरपालिका-३ का १५ वर्षीय किशोर, नारायण नगरपालिका-६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका-१ का २९ वर्षीय १ पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय युवक रहेका छन् ।

उनीहरू सबै केही दिनअघि भारतबाट आएका थिए । संक्रमण पुष्टि भएका पाँचै जनालाई आइतबार नै सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार

बाँदर नियन्त्रण गर्न सरकारसँग ओखलढुंगाका सांसदको माग

ओखलढुंगा–बाँदरले हदै सम्मको दुख दिन थालेपछि सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले...

नेप्से ५० अंकले बढ्दा १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित

शेयरबजारमा साताको पहिलो दिन आइतबार नै नेप्से सूचक ५० अंकको उछाल आउँदा एकै दिन १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित बनेका छन् । हरियाली बनेको बजारले सो कम्पनीको शेयरमूल्य बढाउँदा लगानीकर्ता खुसी भएका हुन् ।...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर...

मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधज्ञा जारी

विराटनगर, २ कात्तिक–चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमण थप फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १२ दिने निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा हुने भीडभाडले कोरोना संक्रमणको दर उच्च हुने निष्कर्षसहित मोरङ...

जनकी पोलिट्यांकद्धारा मास्क र सेनिटाईजर बितरण

विराटनगर, चैत १०–कोरानो भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि विराटनगरको निजी क्षेत्रले समेत सक्रियता देखाएको छ । यसै क्रममा विराटनगर रोडशेष चोकस्थित सौगात हार्डवेयरले सेनिटाइजरसहित हात धुने व्यवस्था मिलाएको छ । रोडशेष चोकमा स्थापना गरिएको बेसिनबाट...

कांग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि

नेपाली कांग्रेसले निर्वाचन लक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने...

बूढानीलकण्ठ स्कुलको भव्य भयो ४१ औं अभिभावक दिवस, एक दर्जन बढी शिक्षक सम्मानित

विराटनगर । विराटनगर – २ मा रहेको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्