
पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा संक्रमण पुष्टि
काठमाडौं, १३ पुस-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । आज थप ७१८ जना निको भएका...
काठमाडौं, १० जेठ-पछिल्लो महिना सार्क राष्ट्रमा कोरोना संक्रमितको संख्या अत्याधिक बढी देखिएको छ । हालसम्म सार्कका ८ मुलुकमध्ये २ लाख २२ हजारमा ६ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छन् ।
कोरोना संक्रमितको संख्या सार्क राष्ट्रहरूमा विश्वका अन्य राष्ट्रकै तुलनामा वृद्धिदर उच्च देखिएको छ । संक्रमितमध्ये मृत्यु हुनेको संख्या भने सार्क राष्ट्रहरूमा कम देखिएको छ । सार्क राष्ट्रहरूमा संक्रमितका हिसाबले सबैभन्दा कम संक्रमित भुटान रहेको छन् भने त्यपछि नेपालमा रहेका छन् ।
सार्क राष्ट्रमा सबैभन्दा बढी भारतमा संक्रमित रहेका छन् । शनिबार ५ बजेसम्मको अध्यावधि विवरणअनुसार भारतमा १ लाख २५ हजार १ सय ४९ जना संक्रमित भएका छन् । जसमध्ये ३ सय ५५ जनालाई शनिबार मात्रै संक्रमण देखिएको छ । संक्रमितमध्ये भारतमा हालसम्म ३ हजार ७ सय २८ जनाको मृत्यु भएको छ जसमा शनिबार २ जनाको मृत्यु भएको छ ।
भारतपछि धेरै संक्रमित हुनेमा पाकिस्तान रहेको छ । शनिबार १ हजार ७ सय ४३ जना संक्रमित थपिएर ५२ हजार ४ सय ३७ पुगेका छन् । त्यस्तै, शनिबार थप ३४ संक्रमितको मृत्यु हुँदा पाकिस्तानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ ।
बंगलादेशमा पनि कोरोना संक्रमतिको संख्या निरन्तर बढेको छ । शनिबार थप १ हजार ८ सय ७३ जना संक्रमित थपिएपछि बंगलादेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ७८ जना पुगेका छन् । संक्रमितमध्ये शनिबार थप २० जनाको मृत्यु भएपछि मृतकको संख्या १ हजार ८ सय ७३ जना पुगेको छ ।
अफगानस्तानमा ९ हजार ९ सय ९८ जना कोरोना संक्रमित रहेका छन् जसमध्ये २ सय १६ जना शनिबार थपिएका छन् । यहाँ शनिबार थप ११ जनाको मृत्यु भएपछि ७८२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सार्क राष्ट्रमा सबैभन्दा कम जनसंख्या भएको राष्ट्र माल्दिभ्समा पनि कोरोना संक्रमितको संख्या १ हजार २ सय ७४ पुगेको छ भने ४ जनाको मृत्यु भएको छ । श्रीलंकामा कोरोना संक्रमितको संख्या १ हजार ६८ जना पुगेका छन् भने मृत्यु हुनेको संख्या ९ रहेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेकोमा पछिल्लो २४ घण्टामा मात्रै ६८ जना संक्रमित थपिएका थिए । हालसम्म नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
सार्क राष्ट्रमा सबैभन्दा कम संक्रमित देखिएको भुटानमा अहिलेसम्म कोरोनाको कारण कसैले ज्यान गुमाउनु परेको छैन । शनिबार थप ३ जना संक्रमित थपिएपछि संक्रमितको संख्या २४ पुगेको छ ।
विश्वमा कोरोना संक्रमितमध्ये ६ प्रतिशतको मृत्यु भएकोमा सार्क राष्ट्रहरूमा यस्तो दर २ प्रतिशत रहेको छ । अहिलेसम्म विश्वभर ५३ लाख २६ हजार जना कोरोना संक्रमित देखिएका छन् भने ३ लाख ४० हजार जनाको मृत्यु धएको छ ।
काठमाडौं, १३ पुस-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । आज थप ७१८ जना निको भएका...
काठमाडौं, ४ मंसिर-गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो...
विराटनगर, फागुन २९–विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र महेन्द्र मेमोरियल कलेज विजयी भएका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा...
विराटनगर, ३ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक बन्दै गएको आरोप लगाएका छन् । आज विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाजको साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै कोइरालाले प्रधानमन्त्री...
धनगढी, माघ २९–कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका–१ घर भई धनगढी उपमहानगरपालिका– ७, मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका–५, हसनपुरका ३५ वर्षीय...
काठमाडौं, ११ वैशाख-राष्ट्रिय जना पार्टी राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन्...
विराटनगर । विराटनगरको गौरवका रुपमा हेरिँदै आएको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बिहीबार देखी विराटनगरको शहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । यस अघि समिति मार्फत हुँदै आएको...
काठमाडौं, २७ वैशाख-नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन कार्यक्रम...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.