राशिफल

अन्तर कलेज फुटबलमा कान्तिपुर र महेन्द्र मेमोरियल विजयी

 न्यूज विराट
अन्तर कलेज फुटबलमा कान्तिपुर र महेन्द्र मेमोरियल विजयी

विराटनगर, फागुन २९–विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र महेन्द्र मेमोरियल कलेज विजयी भएका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा कान्तिपुरले विराटनगरकै कोशी मल्टिपल कलेजलाई पराजित गरेको छ भने दुहबीको महेन्द्र मेमोरियल एकेडेमीले रंगेलीको जनप्रिय माविलाई पराजित गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा कान्तिपुर कलेजले कोशी कलेजलाई २–० गोलअन्तरमा पराजित गरेको छ । ३३ औं मिनेटमा कान्तिपुरका विमल राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेट श्यामु मुर्मुले टोलीका लागि थप गोल गरे । खेलको म्यान अफ द म्याच कान्तिरपुरका श्याम मुर्मु भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

त्यस्तै दोस्रो खेलमा महेन्द्र मेमोरियलले जनप्रिय मा.वि.लाई ३–० गोलमा पराजित गरेको छ । खेलको २९ औं र ४६ औं मिनेटमा महेन्द्र मेमोरियलका सुजन राईले गोल गरे भने ५४ औं मिनेटमा सन्देश श्रेष्ठ गोल थपेका थिए । खेलको म्यान अफ द म्याच महेन्द्र मेमोरियलका सुजन राई भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा ग्रिनल्याण्ड, निहारिका, रेडस्टार, हिमालय दर्शन, कान्तिपुर, कोशी मल्टिपल, बुद्ध इंग्लिस बोर्डिङ र महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० हजारका साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० हजारका साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने म्याद अफ द म्याच हुनेले ३१ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

शुक्रबारको पहिलो खेल विराटनगरका हिमालय दर्शन र निहारिका कलेज तथा दोस्रो खेल पथरीको रेडस्टार र विराटनगरको ग्रिनल्याण्ड कलेजबीच प्रतिस्पर्धा हुनेछ । ग्रामथानको बुद्ध इंग्लिस बोर्डिङ स्कुलले प्रतियोगितामा भाग लिने सहमति गरे पनि अन्तिम समयमा आए विना कारण भाग नलिने बताएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...