
काठमाडौं, १३ पुस-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
आज थप ७१८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८३२ पुगेको छ ।