थप ३२ जनामा देखियो कोरोना, संक्रमितको संख्या ५ सय ४८ पुग्यो 

 न्यूज विराट
थप ३२ जनामा देखियो कोरोना, संक्रमितको संख्या ५ सय ४८ पुग्यो 

काठमाडौं, १० जेठ-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा सर्लाहीको गोडैता, कविलासी नगरपालिकाका १८ देखि ३५ वर्ष उमेर समूहका १३ पुरुष, कपिलवस्तु वागंगा नगरपालिकाका १७ देखि ४२ वर्षका ८ महिला र पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखि ५५ वर्षका ८ जना पुरुष रहेका छन् ।

त्यस्तै, आज नै काठमाडौंका ३५ वर्षीय पुरुष, बाराको करैमायामाई गाउँपालिकाका ३७ वर्षीया महिला र चितवनको भरतपुर महानरपालिका-६ का ५२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । जसमध्ये ७० जना उपचारपछि निको हुँदा ३ जनाको मृत्युु भएको छ ।

सम्बन्धित समाचार

नेपाल बन्द प्रभावहीन बनाउन गृह मन्त्रालयको निर्देशन, भोली विराटनगरका स्कुल/कलेज बन्द

विराटनगर, ३ फागुन । विभिन्न ६ वटा पार्टीले भोली गरेको नेपाल बन्दलाई प्रभावहीन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको...

नेपाली सेनाले खरिद गर्ने मेडिकल सामग्रीको अन्तिम सम्झौता पूरा

नेपाली सेनाले ल्याउने भनिएको मेडिकल सामग्री खरिदको अन्तिम सम्झौता पुरा भएको छ । चीनबाट ल्याउन लागेको ६७ आइटम र भारतबाट ल्याइने ५३ आइटमको खरिद प्रक्रियाको अन्तिम सम्झौता पूरा भएको हो । सेनाले गत २५ चैतमा...

मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि...

विश्व एड्स दिवस : नेपालमा सङ्क्रमणदर ६३ प्रतिशतले घट्यो

काठमाडौँ, १५ मंसिर ।  आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक...

सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको बा ४ ख ७९८० नम्बरको टिपर सोलु...

पोखरा महानगरपालिकामा होलबडी स्यानिटाइजर टनेल

पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्यानिटाइजर आइतबारदेखि सञ्चालनमा आएको हो । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई स्यानिटाइज गरी मानिसको...

कोशीमा विरामीको छटपटी, शल्यक्रिया गरिएको गर्भवती भुइँमा

दृष्य १ विराटनगर– १८ मटेरूवाकी २० वर्षीया गर्भवती अजमेरी खातुनलाई व्यथा लागेर छटपटी सुरू भएपछि उनका परिवारले मंगलबार राति ९ बजे कोशी अस्पतालको स्त्री तथा प्रसुती रोग विभागमा लिएर आइपुगे । तर, अस्पतालको शैय्या भरिभराउ...

कोरोना संक्रमणबाट पूर्वसभामुख महरा पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक-कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्