हिरासतमा रहेका कैदीमा कोरोना संक्रमण पुष्टि, प्रहरी कार्यालय सिल

 न्यूज विराट
हिरासतमा रहेका कैदीमा कोरोना संक्रमण पुष्टि, प्रहरी कार्यालय सिल

डडेल्धुरा, ९ जेठ-बैतडीका एक जनाको कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका– २ का ती पुरुष गत ६ चैतमा भारतको नयाँ दिल्लीबाट स्वदेश आएकाे बताइएको छ । शिवनाथ गाउँपालिका– ४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका ती युवामा कोरोना पुष्टि भएको हो ।

ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ ।

संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको छ । यस्तै, कन्ट्याक्ट ट्रेसिङको कामसमेत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

सुदूरपश्चिममा डडेल्धुराका १ जनासहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा १ र कैलाली ३ जनामा पनि कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ । ५ जना निको भएर फर्किसकेका छन् भने ५ जनामा आज संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार

लकडाउन पुनः १ साता थपिँदै

सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन पुनः १ साता लकडाउन थप गर्ने जनाएको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ७ जना मन्त्रीसहितको उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गृहकार्य गरिरहेको छ । लकडाउन बढ्नसक्ने भन्दै...

जानकी जन्मोत्सवमा सुनसान जन्मभूमि

जनकपुर, १९ वैशाख-धार्मिक एवं पर्यटकीय नगरी जनकपुरधाममा जानकी जन्मोत्सव आज मनाइँदै छ । त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन देवी जानकीको जन्म भएकाले जनकपुरधाममा जानकी जन्मोत्सव प्रत्येक वर्ष विशेष उत्सवका साथ मनाइने गरिन्छ । जन्मोत्सवका...

रतुवामाईमा लक डाउन कडाइका साथ पालना गराउन युवाहरु आफै सकृय, २४ घण्टै सिमामा निगरानी

विराटनगर, बैशाख ८-विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरण गर्न मोरङको रतुवामाई नगरपालिकाका युवाहरु सकृय बनेका छन् । नगरमा विभिन्न सामाजिक काम गर्दै आएको रतुवामाई युवा नागरिक समाजको अगुवाईमा युवाहरु लक डाउनलाई पूर्णरुपले...

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

जनकपुरधाम, ३ वैशाख-र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिपोर्ट आएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ताअघि भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिकी जमातमा सहभागि भई नेपाल आएर आफ्नै घरमा बसिरहेका ७...

एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल’ शनिबारदेखि सुरु हुने

विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले यस वर्ष पनि ‘एभरेष्ट कार्निभल २.०’ गर्ने भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल हुने तयारी गरिएको छ । स्कुलले शुक्रबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि...

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

काठमाडौँ,  १२ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको...

पोखराका एक युवामा कोरोना संक्रमण, कास्कीमा २ जना थपिए

पोखरा, ७ असार-पोखरामा थप १ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिका- १४ भेडीफारमका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।कोरोना अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ९० वर्षीय पुरुषको सम्पर्कमा आएका उनको पीसीआर जाँच...

विराटनगरमा स्त्रीरोग सम्वन्धि दक्षिण एशियाली सम्मेलन हुँदै

विराटनगर, फागुन ८–मोरङको बुढीगंगामा स्त्रीरोग संवन्धि दक्षिण एशियाली सम्मेलन हुने भएको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था (नेसोग) पुर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा युरोगाईनोकोलोजी संवन्धि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्