कोरोना रोकथामका नाममा किनेका सामग्रीको विवरण सार्वजनिक गर्ने निर्देशन

 न्यूज विराट
कोरोना रोकथामका नाममा किनेका सामग्रीको विवरण सार्वजनिक गर्ने निर्देशन

काठमाडौं, ९ जेठ-राष्ट्रिय सूचना आयोगले दिएको निर्देशनको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका सरकारलाई कोरोना रोकथामको लागि उपलब्ध गराइएका र किनिएका, किनिने सामग्रीको विषयमा विवरण सार्वजनिक गर्नको लागि परिपत्र जारी गरेको छ ।

मन्त्रालयले शुक्रबार जिल्ला समन्वय समिति र गाउँपालिका तथा स्थानीय तहलाई परिपत्र काट्दै सूचना आयोगले भनेबोमोजिमका १६ बुँदे निर्देशन पालना गर्न भनिएको छ । सूचना आयोगको निर्देशनअनुसार कोरोनाभाइरस रोकथाम, नियन्त्रण र राहातको लागि भए गरेका कामहरूको नियमित रुपमा सार्वजनिक गर्न भनिएको छ ।

उपलब्ध भएका र खरिद गरिने उपकरण तथा स्वास्थ्य सामग्रीको सवालमा पनि स्पष्ट जानकारी गराउन निर्देशन दिइएको छ  । आइसुलेसन क्वारेनटाइन तथा होम क्वारेनटाइनलगायतको विवरणमा पनि तीनै तहका सरकारका साथै जिल्ला समन्वयन समितिले डाटा अध्यावधिक गरी विरवरण सार्वजनिक गर्न भनिएको छ ।

कोरोना भाइरसको कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन अन्योलताका विषयमा स्पष्ट पाउन र तयारीका सम्बन्धी सर्वसाधरण नागरिकले बुझ्ने गरी सूचना प्रकाशन गर्न आयोगले निर्देशन दिएको छ ।

आयोगले दिएको निर्देशन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यान्वयन गर्न स्थानीय तह र जिल्ला समन्वय समितमा परिपत्र गरेको छ ।

सम्बन्धित समाचार

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको महत्वपूर्ण जीत

एजेन्सी, ११ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ ।  टोटनह्यामले गएराति बर्नलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । टोटनह्यामको सन हेङ्ग–मिनले निर्णायक गोल गरे । ह्यारी...

दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन

स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ ।...

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि

एजेन्सी, १६ मंसिर । भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो । कर्नाटकाका...

थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २८ माघ । नेपालमा थप १ हजार १ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाको नमूना परीक्षण गर्दा थप १ हजार १ सय २८...

अपाङ्गता अधिकार सुनिश्चित गर्न कोशी प्रदेशमा कार्यशाला सम्पन्न

विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला आइतबार विराटनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।कार्यक्रममा राष्ट्रिय...

काेराेनाका कारण डाेल्पामा एकजनाकाे मृत्यु

काठमाडाैं, २४ जेठ-डोल्पामा मृत्यु भएका एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनका अनुसार जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर...

२४ सय संक्रमित थपिँदा ३५ सय डिस्चार्ज, ८१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४ सय १४ जनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।...

सवारी चालक तथा सह– चालकको स्वास्थ्य परीक्षण, लापसे गर्ने ११ जना भेटिए

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका – ४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । सवारी दुर्घटना रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्