मस्को, जेठ ९–रुसमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमकणबाट निको भएर घर फर्किनेको संख्या करिक १ लाख पुगेको को । शुक्रबारसम्म रुसमा ९९ हजार ८ सय २५ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।
पछिल्लो २४ घण्टाको अवधिमा मात्र कोरोना भाइरसको संक्रमणबाट १ सय ५० जनाले ज्यान गुमाएसँगै जम्मा मृत्यु हुनेको संख्या ३ हजार २ सय ४९ पुगेको छ ।
वल्र्डोमिटरका अनुसार रुसमा शुक्रबार दिउँसो सम्म जम्मा कोरोना संक्रमितको संख्या ३ लाख २६ हजार ४ सय ४८ रहेको छ भने २ लाख २३ हजार ३ सय ७४ जना सक्रिय संक्रमित पुगेका छन् ।
हाल सम्म रुसमा बसोबास गर्दै आएका कुनै पनि नेपालीमा कोरोना संक्रमण देखा परेको छैन भने स्थानीय कानुन अनुसार लक डाउन पूर्णरुपमा पालना गरि सुरक्षित रहेको जनाइएको छ । यतिबेला २ हजार ३ सय जनाको भने चिन्ताजनक अवस्थामा उपचार भइरहेको जनाइएको छ ।
शुक्रबार सोही समय अवधिसम्म विश्वभरी संक्रमितको संख्या ५२ लाख ९ हजार ४ सय ५० रहेको छ । जस मध्ये ३ लाख ३४ हजार ८ सय ६५ जनाको ज्यान गएको छ । २० लाख ९२ हजार ६ सय ३ जना निको भएका छन् भने २७ लाख ८१ हजार ९ सय ८२ जना सक्रिय संक्रमित छन् । विश्वभरी ४५ हजार ६ सय १३ जनाको अवस्था चिन्ताजनक रहेको छ ।