पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा

 न्यूज विराट
पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा

जनकपुर, ८ जेठ-पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् ।

सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राती १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो । महताब अफताब आलमका भाइ हुन् ।

‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना हामीलाई प्राप्त भएको थियो’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक रविराज खड्काले भने, ‘निजलाई पक्राउ गर्न प्रहरी टोली आफताब आलमको घरमा गएको थियो ।’ खानतलासीका क्रममा परिवार र स्थानीयले प्रहरीलाई अवरोध गरेपछि प्रहरीले हवाई फायरसमेत गरेको उनले बताए ।

अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाई फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए । ‘हामीले खोजेको व्यक्ति महताब आलम फेला परेनन्’, उनले भने, ‘फरार रहेका सबैको खोजी कार्य जारी छ ।’

राजापुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा छन् ।

सम्बन्धित समाचार

सुनवर्षी मेयर कप क्रिकेटको उपाधी वडा नम्बर ८ लाई

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा सम्पन्न तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ लाई पराजित गर्दै सुनवर्षी–८ ले यस वर्षको उपाधी...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ मा

काठमाडौं, २५ वैशाख-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते मात्रै प्रस्तुत गर्ने भएको छ । संसद् सचिवालयले  राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने सम्भावित कार्यसूची तय गेको छ...

भारतमा २४ घण्टामा कोरोना संक्रमित ८ सय ६१ जनाको मृत्यु

एजेन्सी, साउन २५-भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये...

सुनवर्षी नगरपालिकालिकाको मेयरमा कांग्रेसबाट देबेन्द्र बहादुर बस्नेत बलिया दाबेदार

सुनवर्षी। देशमा चुनावको घोषणा भए संगै जिल्ला र नगरमा उम्मेदवार को हुने भन्ने बिषयमा चर्चा चल्न थालेको छ। मोरङ जिल्लामा यसको ब्यापक चहलपहल बढेको छ। नेताहरु जिल्ला ,प्रदेश र केन्द्रको नेताहरुसंग प्रायजसो सम्पर्कमा नै रहन्छन्।...

टि–२० क्रिकेट प्रतियोगिता : अपराजित हुँदै आयोजक मिल्स फाइलनमा, उपाधिको लागि मोरङसँग भिड्दै

विराटनगर । झापा जिल्लामाथि सानदार जित निकाल्दै आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको फाइलनमा पुगेको छ ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा झापा जिल्लालाई ३...

कोरोना संक्रमणबाट देशभर १२७४ जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक-नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप २६ जनाको कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

प्रदेश १ सरकारले उद्योगका प्रकृति हेरेर जनशक्ति उत्पादन गर्ने

विराटनगर, साउन ९–प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी...

कोरोना संक्रमण बढेपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

काठमाडौं, ५ माघ ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्