काठमाडौं, ८ जेठ-सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । जेठ १ गते भएको उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो ।
काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदै गएको र बढी जनघनत्व भएको काठमाडौं उपत्यका क्षेत्र बढी जोखिममा रहेको दखिएकाले अत्यावश्यकबाहेक उपत्यका प्रवेश गर्न निषेध गर्ने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई पत्र लेखेर निर्देशनसमेत दिएको छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख-उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।