लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउ

 न्यूज विराट
लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउ

जनकपुर, ८ जेठ-लकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना नेता/कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जसपाका युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

केही दिनअघि लकडाउन उल्लंघन गरेको आरोपमा जनता समाजवादी पार्टीका प्रदेश सांसद अशोक यादवको गाडी प्रहरीले जनकपुरधामको भानुचोकबाट पक्राउ गरेको थियो ।

त्यस क्रममा प्रदेश सांसद यादवले प्रहरीलाई ‘तिमीहरू मलाई चिन्दैनौँ ? म को हुँ  ?’ लगायतका शब्द प्रयोग गरी पदको धाक देखाउँदै प्रहरीलाई अभद्र व्यवहार गरेका थिए । सोही विषयको समाचार केही सञ्चार माध्यममा आएपछि प्रहरी र मिडियाको विरोधमा जसपाका युवा नेता आन्दोलनमा ओर्लेका हुन् ।

लकडाउनको उल्लंघन गरी प्रदर्शनमा उत्रेकाले उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने, मानार्थ महारथी दर्जा प्रदान गरिने

काठमाडौं, कात्तिक ११-भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे  नेपालको तीन दिने भ्रमणका  लागि आगामी कात्तिक १९ गते नेपाल आउने तय भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी...

धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

धनुषामा एक जना वडा अध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखिएको छ । आइतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबावमा ‘क्वारेन्टाइन’मा राखिएको हो । भारतको मधुवनीबाट आइतबार दिउँसो उनी घर...

मिल्स फार्क नकआउट फुटबलको उपाधि रेडस्टारलाइ

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार स्कुलले जितेको छ ।विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार सम्पन्न फाइनलमा विराटनगरको मोर्डन एरालाई २–० गोलले हराउँदै रेडस्टारले उपाधि जितेको हो ।जितसंगै रेडस्टारले ५१ हजार...

मोरङ जिल्ला अदालतका न्यायाधीशलाई कोरोना पुष्टि 

विराटनगर, २६ साउन-मोरङ जिल्ला अदालतका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा गराएको परीक्षणमा आइतबार साँझ न्यायाधीशमा कोरोना संक्रमण रहेको रिपोर्ट आएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी...

रतुवामाईले स्थापना गर्‍यो ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’

विराटनगर, १३ चैत-मोरङको रतुवामाई नगरपालिकाले ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’ स्थाना गरेको छ । विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोष स्थापना गरिएको हो । रतुवामाई नगरपालिकाका...

कोशी अस्पतालमा चरम बेथितीः स्वास्थ्यकर्मीले यसरी पढाउँछन् निजी हस्पिटलमा बिरामी

घटना १ विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेल उच्च रक्तचापका कारण घरमा ढले । १६ कार्तिक घरमै ढलेपछि परिवारका सदस्यले उनलाई तत्काल राति १० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । भुजेल परिवारको...

विराटनगरको बिकेभीएम स्कुलका तीन विद्यार्थीले ल्याए ४ जीपीए, नेपाल प्रथम भएको दाबी

विराटनगर । विराटनगरको बिकेभीए स्कुलका तीन जनाले विद्याथीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपए ल्याएका छन् । बिहीबार प्रकाशित भएको नतिजा अनुसार बिकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्र्पश पोखरेलले चार जिपीए ल्याएका...

झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्