धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

 न्यूज विराट
धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

धनुषामा एक जना वडा अध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखिएको छ । आइतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबावमा ‘क्वारेन्टाइन’मा राखिएको हो ।

भारतको मधुवनीबाट आइतबार दिउँसो उनी घर फर्केपछि स्थानीय त्रसित बनेका थिए । इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले वडाध्यक्ष पाठक भारतबाट आएको जानकारी गराएपछि प्रहरीको सक्रियतामा उनलाई ‘क्वारेन्टाइन’मा राखिएको जनकनन्दनी गाउँपालिकाका प्रशासकिय अधिकृत कुलानन्द झाले जानकारी दिए ।

उनलाई सोही गाउँपालिका वडा नं.४ स्थित उच्च माध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको ‘क्वारेन्टाइन’मा राखिएको छ । वडा अध्यक्षसँगै सो ‘क्वारेन्टाइन’मा अहिले भारतबाट फर्केर आएका ९ जना छन् । धनुषामा १६ वटा ‘क्वारेन्टाइन’स्थल वनाइएको छ । जसमा अहिले ८८ जना रहेका छन् ।

सम्बन्धित समाचार

माधव नेपाल समूह एमालेमै फर्किने, अब एमाले र माओवादी अलग–अलग

एमाले र माओवादी अलग-अलग रूपमा अघि बढ्ने भएका छन् । पेरिसडाँडामा सोमबार बसेको नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमार्फत उनीहरूले अलग्गिने निर्णय गरेका हुन् । बैठकको निर्णयबारे जानकारी दिँदै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमाले र माओवादी अब अलग-अलग...

प्रदेश २ का आठै जिल्लामा विज्ञ परिचालित

धनुषा, १४ वैशाख-प्रदेश–२ का ८ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ ।नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडीसीटीबाट आएका प्राविधिक टोलीले स्वाब सङ्कलन सुरु...

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

दुबईमा नेपाली श्रमिक बेतलबी बिदामा बस्न बाध्य

काठमाडाैं, ४ वैशाख-दुबईमा धेरै नेपालीलाई राेजगारदाता कम्पनीले बेतलबी बिदामा बस्न बाध्य पारेकाे पाइएकाे छ । त्यहाँबाट नेपाल फर्किन चाहेका नेपालीमध्ये ७६ प्रतिशत बेरोजगार पाइएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वदेश फर्किन चाहनेहरूको तथ्याङ्क थाहा...

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल

काठमाडौं, ८ मंसिर-नेकपा केपी शर्मा ओली समूहका महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए । उनले नेकपाका...

अनुमतिबिना सञ्चालन विराटनगरको १५ शैय्याको बिग हस्पिटल सिल

विराटनगर । विराटनगर महानगरपालिकाबाट अनुमतिबिना सञ्चालन भएको विराटनगर स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल आज सिलबन्दी गरेको हो । विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्