१६५ भारतीय नागरिक लिएर फर्कियो एयर इण्डिया 

 न्यूज विराट
१६५ भारतीय नागरिक लिएर फर्कियो एयर इण्डिया 

काठमाडौं, ७ जेठ-भारतले नेपालमा लकडाउनका कारण रोकिएका १ सय ६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौंबाट फिर्ता लगेको हो ।

यो चार्टर्ड उडान नेपालस्थित भारतीय दूतावासले गरेको अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपालमा लकडाउन सुरू भएपछि भारतले पहिलोपटक आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश फर्काएको हो ।

एयर इण्डियाको चार्टर्ड उडानमार्फत् १६५ भारतीय नागरिक स्वदेश फर्किएको प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले जानकारी दिए । यो अवधिमा ३५ भन्दा बढी चार्टर्ड उडान भएका छन् । सरकारले चैत ११ गतेदिख देशभर लकडाउन गरेको छ । पछिल्लो पटक जेठ २० सम्म लकडाउनको समयावधि थपिएको छ ।

सम्बन्धित समाचार

८५८३ को परीक्षण गर्दा १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

काठमाडौं, १६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५०१ महिला...

दिव्य ज्योती हस्पिटलद्धारा दिप प्रज्वलन

विराटनगर । यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धान्जली दिन सोमबार विराटनगरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । विराटनगर १४ मा रहेको दिव्य ज्योती हस्पिटलले विराटनगरमा दिप प्रज्वलन कार्यक्रम गरेको हो...

सातौं दक्षिण एसियाली तेक्वान्दो खेल्न नेपाली टोली भारत प्रस्थान, महानगरले गर्यो विदाई

विराटनगर । सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान गरेका छन् । आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदराबादमा हुने च्याम्पियनसिपमा नेपालका ५१ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । त्यसका...

श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा

काठमाडौं, २ असार-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा गरेका छन् । सरकारले नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना...

विराटनगर म्यूजिक फस्टिबल अहिलेसम्मै ठूलो सांगीगितक कार्यक्रम हो, त्यसैले भव्य हुनेछ : स्यान्ट्रो

विराटनगरको मेनरोडस्थित जैन भवनमा शनिबार साझमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी पुरा भएको छ । विराटनगरमा हुन लागेको यो फेस्टिबल अन्य समयको भन्दा फरक र पृथक हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको डिजाइन गरिएको मन्चमा...

शिक्षादीप कलेजका ११ विद्यार्थीले देखाए जलबायु परिर्वतनको ‘रिसर्च डकुमेन्ट्री’

विराटनगर । विराटनगस्थित शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययरत विज्ञान संकायका ११ जना विद्यार्थीहरूले जलबायु परिवर्तन सम्बन्धी रिसर्च गरेको डकुमेन्ट्री देखाएका छन् । विज्ञान संकायमा अध्ययन गर्दै आएका ११ जना विद्यार्थीहरूले लामो समयदेखि गर्दै आएको...

विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप...

कोशी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोसी अस्पताललाई २ र कोभिड-१९ अस्पतालाई १ गरि ३ वटा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्