चीनले भन्याे, ‘कालापानी नेपाल र भारतबीचको मुद्दा हो’

 न्यूज विराट
चीनले भन्याे, ‘कालापानी नेपाल र भारतबीचको मुद्दा हो’

काठमाडौं, ७ जेठ-चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन् ।

प्रवक्ता लिजानले भारत र नेपालले मैत्रीपूर्ण सल्लाहका आधारमा कालापानीको समस्या समाधान गर्ने र एकपक्षीय कार्यले अवस्था असहज बनाउने हुनाले त्यसबाट सचेत हुनुपर्ने धारणा राखे । भारतले कालापानीमा सडक निर्माण गरेको र भारतीय सेनाध्यक्ष एम एम नरवणेको तेस्रो पक्षको उक्साहटमा नेपालले कालापानीको मुद्दा उचालेको सन्दर्भमा राखिएको जिज्ञासामा उहाँले चीनको धारणा प्रष्ट्याए ।

भारतले कालापानीमा सडक निर्माण गरेपछि नेपालले कुटनीतिक नोट पठाएर उक्त कदमको विरोध गरेको छ । लगत्तै भारतीय सेनाध्यक्ष नरवणेले नेपालले तेस्रो पक्षको उक्साहटमा कालापानीको मुद्दा उचालेको दाबी गर्नुभएको थियो । प्रत्यक्ष नाम उल्लेख नगरेपनि भारतीय सेनाध्यक्षले उद्धृत गर्नुभएको तेस्रो पक्ष चीन रहेको विश्वास गरिन्छ ।

नेपाल सरकारले मई १८ मा मन्त्रिपरिषद्को बैठकबाट अतिक्रमित भूभाग कालापानीलाई समेटेर नेपालको नक्सा परिमार्जनसहित प्रकाशन गर्ने निर्णय गरेको छ । गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

प्रदेश २ मा ओली पक्षको भेला, पूर्वमाओवादी संसदीय दलका नेता मण्डल समेत सहभागी

काठमाडौं, १५ पुस-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षको प्रदेश २ को कायकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वीरगञ्जस्थित आदर्शनगर टाउन हलमा केहीबेरअघि कार्यक्रम सुरु भएको हो । पार्टीको औपचारिक विभाजनको सन्देश...

नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्रा

विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग्रहका लागि पेडल“ नामक अभियान श्रृंखलारूपमा, जेठ ५ र ६ को सप्ताहन्तमा विभिन्न एसियाली...

एमाले अध्यक्ष ओलीको तस्बिर सगरमाथामा फहराइने

पाँचथर, २१ चैत । राष्ट्रिय युवा संघ नेपाल इलामकी सचिवालय सदस्य युवन्तिका तामाङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्विर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने हुनुभएको छ । इलामको सूर्योदय नगरपालिका वडा नं. १० निवासी...

संक्रमितको संख्यामा कमी आउन थाल्यो, अस्पतालमा चाप घट्योः ट्रम्प

एजेन्सी, बैशाख २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितको संख्यामा कमी आउन थालेको दाबी गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट दैनिक २५ हजारदेखि ३० हजारसम्म संक्रमित भइरहेका बेला ट्रम्पले संक्रमितको संख्यामा कमी आउन थालेको दाबी...

बिहीबारभन्दा आज ३०३ सक्रिय संक्रमित घटे

काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको...

सार्कमा कोरोना बहसः पाकिस्तानका प्रधानमन्त्री अनुपस्थित

काठमाडौं, चैत २–सार्क मुलुकका सरकार प्रमुख अहिले भिडियो कन्फ्रेन्सिङमार्फत छलफल गरिरहेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा केन्द्रित छलफलमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने अनुपस्थित छन् । छलफलमा नेपालका प्रधानमन्त्री...

तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

चितवन,  २१ असोज-चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही,...

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर, २ साउन । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्