कोरोनाबाट जोगिन सावधानी अपाउन सांसद लिङ्देनको आग्रह

 न्यूज विराट
कोरोनाबाट जोगिन सावधानी अपाउन सांसद लिङ्देनको आग्रह

झापा, जेठ ७-सांसद राजेन्द्र लिङ्देलले गृहजिल्ला झापाको कचनवलमा कोरोना संक्रमित पुष्टि भएपछि सावधानी अपनाउन आग्रह गरेका छन् । झापा–३ बाट निर्वाचित लिङ्देलले संक्रमित बढे पनि नआत्तिन र सावधानी अपनाउन आग्रह गरेका हुन् ।

‘ज्यालामजदुरीका सन्दर्भमा भारतका विभिन्न स्थानमा रहेका दाजुभाइहरूलाई आफू कार्यरत स्थलमा खान बस्न समेत गाह्रो भएपछि जोखिम मोलेर आफ्नो देश फर्किनुको कुनै विकल्प थिएन’ उनले सााजिक सञ्जालमा लेखेका छन्, ‘अचानक भित्रिने ठूलो संख्यासँगै संक्रमित पनि धेरै देखिएका छन् । अझै पनि भारतबाट दाजुभाइहरू आउनेक्रम जारी रहेकाले संक्रमितको संख्या बढ्न पनि सक्छ । यसबाट आतंकित हुनेभन्दा पनि संक्रमण समाजमा फैलन नदिन सावधानी अपनाउन अपिल गर्दछु ।’

अहिलेसम्म यो भाइरसको औषधि नबनेको स्मरण गर्दै उनले भारतबाट आउनेलाई सिधै क्वारेन्टाइनमा राख्न सहयोग गर्न, अनावश्यक घरबाट ननिस्कन, समाजमा भ्रम र आतंक सिर्जना नगर्न जिल्लाबासीमा आग्रहसमेत गरेका छन् ।

कचनकवल गाउँपालिकामा अहिलेसम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि भएसँगै त्यहाँका ५ वडासमेत सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको यो गाउँपालिकाका १ देखि ५ सम्मका वडा सिल गरिएको हो ।

सम्बन्धित समाचार

सुरु भयाे कक्षा १२ काे परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...

विराटनगर आएर कोइरालाले भनिन् ‘सभापतिमा मेरो उम्मेदवारी कायमै’

विराटनगर, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएकी छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै कोइरालाले यस्तो बताएकी हुन् ।...

प्रदेश २ मा २४ घण्टामा ६४ कोरोना संक्रमित थपिए  

जनकपुर, १९ जेठ-प्रदेश २ मा कोरोना संक्रमित संख्या ६ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका ४ जिल्लाका ६४ जना नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो । पछिल्लो समयमा रौतहटबाट २८,...

कोटेश्वरमा ओली-नेपाल सामूहिक बैठक

काठमाडौं, १५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अहिले एकएक्लै र सामूहिक छलफल जारी रहेका छन् । आज बिहान बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल...

मोरङको धनपालथानमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, ११ पुस । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाज मोरङले जिल्लाका सवै १७ वटै स्थानीयतहमा संगठन सुदृढिकरण अभियान तीब्र बनाएको...

पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश : तत्कालीन माओवादी मन्त्री प्रचण्ड निवासमा

सरकारले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश लिएको छ । केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पार्टी फुटाउन सक्ने गरी अघि सारिएको अध्यायदेश सोमबार मन्त्रिपरिषद् बैठकले पारित गरेको एक मन्त्रीले बताएका...

कोरोनाकाे इपीसेन्टर बन्दै दैलेख, ८७ संक्रमित गाउँमै

दैलेख, २५ जेठ-दैलेख कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न यहाँका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा...

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९७ हजार ५ सय

काठमाडौं, १२ साउन-सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको छ । लतागार उकालो लागेको सुनको मूल्यमा आज १ हजार २ सय रुपैयाँ वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो ।  साताको पहिलो दिन हिजो तोलामा ५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्