कोरोनाकाे इपीसेन्टर बन्दै दैलेख, ८७ संक्रमित गाउँमै

 न्यूज विराट
कोरोनाकाे इपीसेन्टर बन्दै दैलेख, ८७ संक्रमित गाउँमै

दैलेख, २५ जेठ-दैलेख कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न यहाँका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा जारी गरेको छ । भारतबाट भित्रिएका नागरिकमा कोरोना पुष्टि भइरहेको छ तर सङ्क्रमितहरुको व्यवस्थापन र उपचारमा ध्यान नदिँदा कोराना समुदायस्तरसम्म फैलिनसक्ने खतरा बढ्दै गएको छ ।

नगरभित्रका १ सय १३ मा एकैपटक सङ्क्रमण भएपछि सुरक्षा चिन्ता बढेको हो । शुनिबार दुल्लु नगरपालिकामा २६ र महाबु गाउँपालिकामा ५ महिने बालिका तथा १८ महिने बालकसहित १ सय ७ सङ्क्रमित देखिएपछि अहिले दैलेखमा कुल संख्या ३ सय ५२ रहेको छ । १ जनाको क्वारेन्टाइनमै मृत्यु भइसकेको छ भने १ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो बिहीबार संक्रमण देखिएका १ सय १३ मध्ये ८७ जना गाउँमै छन् । उनीहरूको स्वास्थ्य अवस्था हेरेर आइसोलेसन अस्पतालमा ल्याउने  छलफल चलिरहेको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकामा एकाएक सङ्क्रमणको जोखिम बढेको हो । जिल्ला सुरक्षा समितिले नारायण नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेकालाई १ साता कटेपछि पीसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरेर सुर्खेत पठाएको थियो । नतिजा आउन ढिलाइ भएपछि उक्त स्वाब जुम्ला गयो । जुम्लाबाट धेरैको शङ्कास्पद छ भनियो तर पुष्टि गरिएन ।

रिपोर्ट आउन ढीला भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेर तिनै क्वारेन्टाइनमा बसेकाको पुनः आरडीटी गरेर नेगेटिभ रिपोर्ट आएका जतिलाई घर पठायो । घर पुगेको ३ दिन के बितेको थियो, नगरभित्रका १ सय १३ मा सङ्क्रमण पोजिटिभ भनेर रिपोर्ट आयो । तर, ककसको नाम हो भनेर बिहीबार साँझसम्म आएन ।

जिल्ला सुरक्षा समितिले आपतकालीन बैठक राख्यो तर सङ्क्रमित अधिकांश घर पुगेका थिए । बुधबारदेखि उनीहरू घरमै छन् । अहिले दैलेखको नारायण नगरपालिकाका विभिन्न वडामा ८७ सङ्क्रमित घरमै बसेका छन् । समस्या केही नभएका कारण उनीहरुलाई घरमै सुरक्षित राख्नेतर्फ जिल्ला सुरक्षा समिति र स्वास्थ्य कार्यालय दैलेख लागेको छ ।

स्थानीय राजनीतिक दलले सङ्क्रमितमार्फत् अन्य वृद्ध र बालबालिकामा सङ्क्रमण फैलिने र दैलेखको अवस्था भयावह हुने भन्दै तत्काल जिल्लाका गाउँपालिका, नगरपालिका सबै सिल गर्नुपर्ने र परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले यस्तो महामारी रोगलाई पनि सामान्यरूपमा हेरिनुले जनताको स्वास्थ्यमा खेलबाड भएको भन्दै कडा आलोचना गरेका छन् । उनका अनुसार यस्तो बेलामा जिम्मेवार निकायले हेलचेक्र्याइँ गर्ने हो भने अवस्था जटिल बन्नसक्छ । केन्द्र वा प्रदेश सरकारले तत्काल दैलेखका बारेमा गम्भीर हुनुपर्ने समन्वय प्रमुख थापाले बताए । ‘भारतबाट ४२ हजार आउने अनुमान छ । अहिले १२ हजार आइसकेका छन् । यही तथ्याङ्कलाई आधार मान्ने हो भने दैलेखमा धेरैमा सङ्क्रमण देखिन सक्ने जोखिम बढेको छ । हामीले बारम्बार सरकारलाई यो कुरा जानकारी गराएका छौँ ।’ अवस्था भयावह भएको सुन्नुभन्दा सरकारले अहिलेनै विशेषरूपमा हेर्नुपर्ने उनको भनाइ छ ।

अहिले कुन वडामा कति जना सङ्क्रमित पुगेका हुन्, ककसलाई भेटे भन्नेबारेमा वडाध्यक्ष लगायतलाई सुरक्षा चुनौती थपिएको छ । पीसीआर परीक्षणमा भएको ढिलाइकै कारण विभिन्न वडा र घरसम्म कोरोना सङ्क्रमण पुगिसकेको छ ।

तत्काल रोकथामको उपाय अपनाउन नसके दैलेख कोरोनाको ‘इपीसेन्टर’ बन्न सक्ने सम्भावना बढ्दै गएको बताइन्छ । सदरमुकामको नारायण नगरपालिकामा मात्रै १ सय ९५ मा सङ्क्रमण देखिएपछि सङ्कटकाल घोषणा गर्न स्थानीय जनप्रतिनिधिले पहिला नै माग गरेका थिए । जिल्ला सुरक्षा समिति र जनप्रतिनिधिको विवादका कारण सदरमुकाममा कफ्र्यू घोषणा गरिएन, न त सङ्क्रमितको खोजी नै गरियो ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले सङ्क्रमितलाई कुनै पनि लक्षण नदेखिएको अवस्थामा घरमै सुरक्षित बस्न र फोनबाट स्वास्थ्यकर्मीले उनीहरूको अवस्था बुझ्ने काम भएको बताए । स्वास्थ्य मन्त्रालयले पनि त्यस्तै निर्देशिका जारी गरेर पठाएकाले यो विषयमा जिल्लामा छलफल भइरहेको उनको भनाइ थियो । जनताको स्वास्थ्यमा खेलबाड गर्ने अधिकार कोही कसैलाई नभएकाले तत्काल स्वास्थ्य र सुरक्षाका विषयमा लाग्न महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुुर शाहीले बताए ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले प्रदेश सरकारको लापरवाहीका कारण दैलेख कोरोना ‘सेन्टर’ बन्न पुगेको बताए । ‘स्थानीय सरकारले क्षमताले भ्याएसम्म गरेकै हो, तर हाम्रा भौतिक पूर्वाधारको अवस्थानुसार कतिपय स्थानमा कोचाकोच गरेर राख्नुपर्ने भयो । अहिले सङ्कट उत्पन्न भएको छ’ उनले भने ।

उनले महामारीको यो समयमा सबैले एकढिक्का भएर सङ्क्रमण फैलिन नदिने विषयमा गम्भीर हुनुपर्ने र केन्द्र तथा प्रदेश सरकारले तत्काल सोच्नुपर्ने सुझाव दिए । रासस 

सम्बन्धित समाचार

स्थायी कमिटीमा पोखरेल र यादवले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बोल्ने दुई नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य...

बक्राहा नदीले बगाएर महिलाको मृत्यु

विराटनगर, असार १२–मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा नदीले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह बक्राहा नदी नजिकै चौपाया चराईरहेकी शाह अचानक नदीले बताएर वेपत्ता भएकी थिइन् । नदीले बगाएर...

कोरोना जितेकी अंशु भन्छिन्ः धैर्य र आत्मबल नै औषधि

बागलुङ, १३ वैशाख-बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौ र छैँटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरी अञ्चल अस्पतालले जनाएको छ । बागलुङ...

एभरेष्ट बैंकबाट डेढ करोड चोरी, गिरोहका मुख्य योजनाकार र प्रबन्धकसहित ९ जना पक्राउ

विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना बचतर्कताहरूले जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैंकका कर्मचारीको मिलेमत्तोमा निकालेको पाइएको छ ।बैंकका उदयपुरका अपरेशन मेनेजर विराटनगर – ८ का ३४ वर्षीय...

भारतीय विदेश सचिव ११ मंसिरमा काठमाडाैं आउने

काठमाडौं, ८ मंसिर-भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगला ११ मंसिरमा नेपालको दुई दिने भ्रमणमा काठमाडौं आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउन लागेका श्रृंगलाकाे भ्रमणको पहिलो दिन नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने...

लिटल कोशीका प्रतियोगिले देखाए प्रतिभा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा पुगेका ४३ जनाप्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका छन् ।विराटनगरमा शनिबार आयोजना गरिएको ट्यालेन्ट शोमा उनीहरूले आ–आफ्नो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् ।उनीहरूले नृत्य, गायन, चित्रकला,...

राजविराज नगरक्षेत्रमा बिहीबार बिहानदेखि कर्फ्यू लागू गर्ने निर्णय

काठमाडौं, ७ साउन-राजविराज नगरक्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै बिहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने...

विराटनगरमा थ्रिबीज एजुकेसन सञ्चालनमा

विराटनगर । विराटनगरको सनसारीमाइस्थानमा थ्रिबिज एजुकेसन एन्ड भिसा सर्भिस सञ्चालनमा आएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पढाउने थ्रिबिज एजुकेसन सञ्चालनमा आएको हो । उच्च शिक्षा अध्ययनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्