गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १ सय ४६ जनाको कोरोना परीक्षण

 न्यूज विराट
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १ सय ४६ जनाको कोरोना परीक्षण

पोखरा, ६ जेठ-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ६ जना मन्त्रीको कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि ‘स्वाब’ नमुना संकलन गरिएको छ । प्रदेश सरकारले आह्वान गरेको संसद अधिवेशनको पूर्वसध्यामा मुख्यमन्त्री, मन्त्री, सचिव र कर्मचारीलगायतको कोरोना परीक्षणका लागि ‘स्वाब’ संकलन गरिएको हो ।

मन्त्रीसहित मन्त्रालयका सचिव, कर्मचारीसहित पिएसओ, सुरक्षाकर्मी गरी १ सय ४६ जनाको स्वाब संकलन भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । सम्भावित जोखिमबाट सतर्क रहन पिसिआर परीक्षण गरिन लागेको उनले बताए ।

गण्डकी प्रदेश सरकराले यही जेठ ११ गतेका लागि संसद बैठक आह्वान गरिसकेको छ । संसदमा सहभागि हुने सबै सांसद र कर्मचारीहरुको पनि परीक्षण गर्ने तयारी रहेको छ,’ उनले भने, मुख्यमन्त्री र मन्त्रीसहित कर्मचारीको स्वाब संकलन भयो । सभामुख सहित अन्य सांसदको बुधबार स्वाब संकलन गर्ने तयारी छ ।’

सभामुखसहित अन्य सांसदको स्वाब संकलन बुधबार बैठक आह्वान गरिएको स्थल पोखरा सभा गृह हलमा नै गरिने भएको उनले बताए । प्रदेश प्रयोगशालको प्राविधिक सहयोगमा स्वाब संकलन गरिएको थियो ।

सम्बन्धित समाचार

श्रीमानसँगको रिसले दुई छोरीको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडी मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्कीले) १ वर्षीया छोरी आइङ्का र...

मूर्तिचोरीमा सजाय भोगेका कार्चेन पर्यटनमन्त्री नियुक्त

सुर्खेत, माघ २३ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । आज साँझ नवनियुक्त पाँच मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनुभएको हो । शपथ लिनेहरूमा गैरसांसद तथा मूर्तिचोरीको कसुरमा जेल सजाय भोगेका छिरिङ...

परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, साउन १९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ, मुख्यमन्त्री...

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) की दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, 'यसले सबै देशलाई निगरानी बढाउन,...

फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

एजेन्सी, असार १-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको...

एमालेको उद्योग विभाग प्रमुख बने विराटनगरका मोती दुगड

विराटनगर, २ पुस । व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली...

आज ८ संक्रमितको मृत्यु, २ सय ७३ जना आईसीयूमा

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ सय ६५ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  आज १३ हजार ८...

हाँस्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्