गुल्मीका संक्रमितको भेन्टिलेटरमा उपचार जारी, भ्रामक खबरप्रति विश्वास नगर्न अस्पतालको आग्रह

 न्यूज विराट
गुल्मीका संक्रमितको भेन्टिलेटरमा उपचार जारी, भ्रामक खबरप्रति विश्वास नगर्न अस्पतालको आग्रह

काठमाडौं, ६ जेठ-सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका संक्रमितको अहिले क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार मदाने गाउँपालिका-६ निवासी ४१ वर्षीय संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो ।

उनको स्वास्थ्य अवस्था गम्भीर भए पनि विभिन्न सञ्चारमाध्यममा मृत्यु भएको खबर आएको भन्दै अस्पतालले भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अस्पतालले संक्रमितको आइसीयू कक्षको भेन्टिलेटरमा उपचार जारी रहेकाले भ्रामक समाचारको विश्वास नगर्न आग्रह गरेको हो ।

ति संक्रमित व्यक्ति जेठ १ गते कोरोनाका सम्भावित लक्षण देखिएपछि अस्पतालमा परीक्षणका लागि आएका थिए । गत शुक्रबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला बुटवलमा पठाउँदा सोमबार नतिजा पोजिटिभ आएको थियो ।

सम्बन्धित समाचार

मोरङमा सुरू भयो ‘लापसे’ अभियान, खाएर सवारी चलाए मुद्दा चल्ने

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।ट्राफिक सप्ताहको अवसर पारेर मोरङ ट्राफिक प्रहरीले विराटनगरबाट लापसे...

महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार...

प्रथम बुढीगंगा हाफ म्याराथन हुने, बिजेतालाई नगद १ लाख पुरस्कार

विराटनगर । मोरङको बुढीगंगामा कार्तिक १० गते प्रथम बुढीगंगा राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । लायन्स क्बल अफ टंकिसिनवारी ग्रिनसिटीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आयोजकले विराटनगरमा सोमबार...

इप्रका रानीद्धारा तस्करीको माछा बरामद

विराटनगर । भारतदेखि अवैध रुपमा चोरी तस्करी भएर आएको माछा प्रहरीले बरामद गरेको छ । इलका प्रहरी कार्यालय रानी विराटनगरले अवैध रुपमा आयत गरिएको माछा बिराटनगर १६ दरैया स्थित उखुबारीबाट बरामद गरेको हो । भारत...

दिगो विकास लक्ष्य हासिलका लागि सबैको सहभागिता आवश्यक

काठमाडौं, फागुन १६–सबै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरूले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा शुक्रबार भएको दिगो विकास...

प्रदेश १ मा कोरोना संक्रमित १ हजार नाघे

विराटनगर, १६ साउन–प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । झापाको मेचीनगरमा...

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, २७ असोज-बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा...

ओलीको कदमविरुद्ध सवै एक जुट हुनुपर्छ:बाबुराम भटटराई

विराटनगर, २४ माघ । प्रधानमन्त्री केपी शर्माओलीले अहिलेको परिवर्तन पहिला देखि नै नचाहेकाले संसद विघटन गरेर यो व्यावस्था लाई तहसनहस बनाएको जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले बताएका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्