दिगो विकास लक्ष्य हासिलका लागि सबैको सहभागिता आवश्यक

 न्यूज विराट
दिगो विकास लक्ष्य हासिलका लागि सबैको सहभागिता आवश्यक

काठमाडौं, फागुन १६–सबै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरूले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा शुक्रबार भएको दिगो विकास लक्ष्यसम्बन्धी चौथो राष्ट्रिय परामर्श गोष्ठीमा सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका जनस्वास्थ्य प्रशासक डा.मोहम्मद खुर्सिद अलाम हैदरले नेपालमा स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्नका लािग प्राथमिक स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नुपर्ने, तीनओटै सरकारका अंगहरूको क्षमता र सहकार्य वृद्धि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोजक समितिका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले गैरसरकारी संस्थाहरूको दायित्व र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाहरूको जिम्मेवारी तथा कर्तव्यबोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिए । दिगो विकास लक्ष्यअन्तर्गतको लक्ष्य नं ३ हासिल गर्नका लागि गरिएको राष्ट्रिय परामर्श गोष्ठीमार्फत नेपालले बनाउन लागेको स्वयंसेवी राष्ट्रिय समीक्षा (भोलुन्टियर नेसनल रिभ्यू) का लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो प्रतिवेदन राष्ट्रिय योजना आयोगले अब आउने संयुक्त राष्ट्रसंघको विश्व सम्मेलनमा पेस गर्नेछ ।

कार्यकारी निर्देशक मुल्मीले दिगो विकासका लक्ष्य अन्तर्रा्ष्ट्रिय प्रतिवद्धताअनुसार आएको र नेपालले कार्यान्वयनका लागि प्रतिवद्धता जनाई सूचकहरूसमेत निर्माण गरी सोहीअनुरूप बजेट तर्जुमा गरिसकेको परिवेशमा सबै पक्षको उत्तिकै भूमिका रहने स्पष्ट पारे ।

सम्बन्धित समाचार

‘कोभिड-१९ विरुद्धको लडाइँमा सरकारका रणनीति पालना गर्ने कांग्रेस प्रतिबद्ध’

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड —१९) विरुद्धको लडाइँमा सरकारसँगै रहेको जनाएको छ । कांग्रेसले कोभिड—१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरूको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको...

विराटनगरका एक युवा रहस्यमय अवस्थामा मृत फेला

विराटनगर, ६ चैत । विराटनगरका एक यूवा रहस्यमय अवस्थामा मृत फेला परेका छन । विराटनगर–३ आयल निगमका कान्छा भनिने ४० बर्षिय नितेश राई विराटनगर १९ मा मृत फेला परेका हुन् । विराटनगर १९ मा निर्माणाधिन...

जनताको साथ पाएका छौं, २०८४ मा माओवादीले कोहीसँग गठबन्धन गर्दैन : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा गठबन्धन गर्दा कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै २०८४ को निर्वाचनमा माओवादी एक्लै अगाडि बढ्ने संकल्प गरेको बताएका छन् ।...

६ जना मिलेर साथीको हत्या

काठमाडौं, पुस २५–मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गर्ने ६ जनालाई सिन्धुपाल्चोक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भारत बिहार पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्ने ३७ वर्षका राजकुमार मुखियालाई आफ्नै साथीहरुले सामान्य...

तेली कल्याण समाजद्धारा दुई दर्जनलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ्ग जिल्ला कार्यसमितिले सम्मान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार दोस्रो सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा ११ जना सजातियहरु, २ जना गैर–तेली, २ जना कार्यसमिति सदस्यहरु र...

संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको...

नागरिकता विधेयक दोस्रोपटक निर्णयार्थ प्रस्तुत

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता सम्वन्धी विधेयक दोस्रोपटक जस्ताको तस्तै पारित गर्न संसदमा प्रस्ताव पेश गरेका छन् । तर, प्रतिपक्षी दल एमालेले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएका सुझावहरु सम्वोधन नगरेको भन्दै विरोध जनाएको छ ।...

वीरगञ्जको मेयरमा एमालेबाट विजय सराबगी सिफारिस

वीरगञ्ज, ३० चैत । नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले महानगर कमिटीको बैठकले सरावगीलाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सरावगी वीरगञ्जका वर्तमान मेयर हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्