काठमाडौं, ५ जेठ-कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो । आरडीटी पोजिटिभ आउनेमा एक जना भरिया र एक जना सवारी चालक थिए । उनीहरुलाई टेकु अस्पतालको आइसोलेशमा राखिएको थियो।
काठमाडौं महानगरपालिकाले कालिमाटी तरकारी बजारमा काम गर्ने व्यापारी, भरिया, सवारी चालक, सरसफाई कर्मचारीहरु सबैको कोरोना परीक्षण गराएको थियो । बिहीबार गरिएको आरडीटी र पीसीआर परीक्षणको नजिता आइतबार साँझ आएको हो । जसमा सबैको नतिजा नेगेटिभ आएको छ ।