कोरोनाबाट आमाको मृत्युपछि अस्पतालमा ९ दिने शिशु

 न्यूज विराट
कोरोनाबाट आमाको मृत्युपछि अस्पतालमा ९ दिने शिशु

काठमाडौं, ३ जेठ-सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाले २४ वैशाखमा प्रसब पीडालाई जितेर त्रिवि शिक्षण अस्पतालमा सामान्य रुपमा बच्चालाई जन्म दिइन् । २५ वैशाखमा डिस्चार्ज भएर घर गएकी उनी घर पुगेपछि बिरामी परिन् ।

स्थानीय अस्पतालमा उपचार गराउँदा स्वास्थ्य अवस्था झन जटिल बनेपछि धुलिखेल अस्पताल ल्याइएपनि उनको बिहीबार राति निधन भयो । उनी एक साताको सन्तान छाडेर सधैंका लागि बिदा भइन् ।

ज्वरो आउने र श्वासप्रश्वासमा समस्या रहेकी उनको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखियो । उनी कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउने पहिलो व्यक्ति हुन् ।

शनिबार कोरोना भाइरस पुष्टि भएसँगै उनको पशुपछि आर्यघाटमा दाह संस्कार गरिदैछ । कोरोनाका कारण उनको मृत्यु भएपछि उनको ९ दिनको शिशु धुलिखेल अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ७५ सहित प्रदेश १ मा ३३७ जनामा कोरोना संक्रमण

विराटनगर, २१ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडौं, असोज २३ । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता । प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता...

अख्तियारका प्रमुख घिमिरेमा काेराेना संक्रमण पुष्टि

काठमाडौं, २७ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।  सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनी संक्रमण...

सप्तरीमा स्रेस्तेदार र सीडीओका भान्सेसहित ५० जना संक्रमित 

सप्तरी, भदौ ३१-निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक...

मिथिला मध्यमा परिक्रमाको प्रचण्डले गरे उद्घाटन

जनकपुर, फागुन ११–मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रूपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको यस वर्षको शुभारम्भ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डोला उठाएर गरेका छन् । नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको मध्यमा परिक्रमामा...

घूसमा प्रतिस्पर्धा हुन थाल्योः मीनेन्द्र रिजाल

काठमाडौं, फागुन ३०–कांग्रेस नेता तथा लेखा समिति सदस्य मीनेन्द्र रिजालले अहिले घूसमा प्रतिस्पर्धा भएको बताएका छन् । सुरक्षण मुद्रण प्रेसको खरिदको सवालमा कुरा राख्दै उनले घूसमा प्रतिस्पर्धा देखिएको भन्दै गम्भीर अध्ययन गर्नुपर्ने बताएका हुन् ।...

शेयर बजार सर्वसाधारण अनुकुल बन्छः जनार्दन शर्मा

काठमाडौं, १ साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण...

एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्