स्वास्थ्य मन्त्रालयले भन्यो -गर्भवती महिलाको मृत्युबारे अनुसन्धान गर्दै छौँ थप सामग्री

 न्यूज विराट
स्वास्थ्य मन्त्रालयले भन्यो -गर्भवती महिलाको मृत्युबारे अनुसन्धान गर्दै छौँ थप सामग्री

काठमाडौं, ३ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको अस्पताल ल्याउँदै गर्दा बाटोमा निधन भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले महिलाको स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटोमै उनकाे निधन भएको बताए ।

‘सिन्धुपाल्चोक निवासी ती महिला जो २३ वैशाखमा टिचिङ अस्पतालमा भर्ना हुनुभएको थियो । २४ वैशाखमा नर्मल डेलिभरी भएर २५ वैशाखमा डिस्चार्ज भई घर जानुभएको थियो,’ उनले भने, ‘ज्वरो,  श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएको र उहाँको स्थिति जटिल भएपछि धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको खबर आएको छ । यस सम्बन्धमा थप विस्तृत विवरण लिइरहेका छौँ ।’

उनले महिलाको कोभिड-१९ सम्बन्धी परीक्षण भइरहेको समेत जानकारी दिँदै थप विवरण प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले आधिकारिक रूपमा कोभिड-१९ बाट मृत्यु भएको हो वा होइन भन्ने कुरा निर्क्याेल गरेर प्रसार गरिने बताए ।

‘कोभिड-१९ सम्बन्धी परीक्षण भइरहेको छ । सम्पूर्ण विवरण प्राप्त भएपछि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रूपमा कोभिड-१९ सँगको मृत्यु हो वा होइन भन्ने कुरा निर्क्याेल गरेर प्रसार गराइनेछ,’ उनले भने ।

सम्बन्धित समाचार

डायलासिस गर्न नपाएर सेती अस्पतालमा १ जनाको मृत्यु

धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...

७७ जिल्लामै फैलियो कोरोना

काठमाडौं, १३ असार-नेपालका ७७ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ । अहिलेसम्म बाँकी रहेको जिल्ला रसुवामा आज ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य...

‘हामी सबैको रहर शिक्षित, सफा सुन्दर र सुरक्षित र सक्षम विराटनगर’

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित ,सफा,सुन्दर,सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ। महानगरपालिकाले आज सार्वजनिक गरेको बजेटसँगैको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगर...

प्रदेशमा हड्ताल गरे जरिवानासहित कैद गर्ने विधेयक पेस

जनकपुरधाम, १६ असार-नागरिकता विधेयकविरुद्ध आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारले प्रदेश २ मा हड्ताल गर्ने, गराउने र सहयोगीलाई जरिवानासहित कैद गर्ने विधेयक प्रदेशसभामा पेस गरेको छ । आवश्यक सेवा सञ्चालन गर्न बनेको विधेयकमा...

नेकपा दावी गर्न दुवै पक्षको प्रमाण पुगेनः निर्वाचन आयोग

काठमाडौं, १८ पुस-नेकपाकाे आधिकारिकता र चुनाव चिन्ह विवादमा निर्वाचन आयाेगले दुवै पक्षसँग थप कागजात मागेकाे छ । शुक्रबार आयाेगले नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरी थप कागजात पेस गर्न भनेकाे हाे । केपी ओली र प्रचण्डलाई...

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा प्रदेश १ सरकारले ५० लाख दिने घोषणा

विराटनगर, चैत २५-कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए प्रदेश १ सरकारले ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका...

प्याब्सन राष्ट्रिय लोकनृत्यको उपाधि गण्डकी प्रदेशको सरस्वती आर्दशलाई

विराटनगर । दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको पोखराबाट सरस्वती आदर्श विद्या सदन स्कुलले जितेको छ ।निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विराटनगरमा शुक्रबार सम्पन्न गरेको फाइनलमा प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको...

विराटनगरमा थ्रिबीज एजुकेसन सञ्चालनमा

विराटनगर । विराटनगरको सनसारीमाइस्थानमा थ्रिबिज एजुकेसन एन्ड भिसा सर्भिस सञ्चालनमा आएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पढाउने थ्रिबिज एजुकेसन सञ्चालनमा आएको हो । उच्च शिक्षा अध्ययनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्