दाङका २ संक्रमित भारतको मुम्बइ र गोरखपुरबाट फर्किएका थिए

 न्यूज विराट
दाङका २ संक्रमित भारतको मुम्बइ र गोरखपुरबाट फर्किएका थिए

दाङ, जेठ ३-तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका २, कपिलवस्तुका ३ र बाँकेका ८ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी दिए ।  शुक्रबार पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका दाङका २ सहित कपिलवस्तु र बाँकेका गरी १३ जनालाई उपचारका लागि गए राति अस्पतालमा ल्याइएको हो ।

दाङ गढवा—४ का ३६ वर्षीय युवक भारतको गोरखपुर र वडा नं ५ का २३ वर्षीय युवक मुम्बईबाट आएका गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । दुवैलाई कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेका छुट्टाछुटै क्वारेन्टिनबाट गढवा गाउँपालिकाले एम्बुलेन्सबाट सीधै क्वारेन्टिना लगेका पनि गाउँपालिकाका अध्यक्ष यादवले बताए ।

संक्रमित दुवै भारतमा मजदूरी गरेर फर्किएका हुन् । त्यस्तै, तुलसीपुर—७ का ३४ वर्षीय पुरुषमा पनि शुक्रबार नै कोरोना पुष्टि भएको छ । उनी स्वास्थ्यकर्मी रहेको र काठमाडौँमा उपचार भइरहेको छ । रुपन्देही र बाँके जिल्लाका कोरोना अस्पतालमा बिरामीको चाप बढेपछि उनीहरूलाई बेलझुण्डी अस्पताल ल्याइएको थियो ।

सम्बन्धित समाचार

उद्योगमैत्री कर नीति ल्याउन मोरङका व्यापार संघको माग

विराटनगर । मोरङ उद्योग व्यापार संघले स्वदेशी उद्योगको संरक्षण र सम्वद्र्धनका लागि उद्योगी कच्चा पदार्थमा लाग्ने कर हटाउन माग गरेको छ ।संघीय अर्थ मन्त्रालय र मोरङ उद्योग व्यापार संघको संयुक्त आयोजनामा सोमबार विराटनगरमा सम्पन्न अन्तरक्रिया...

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा ‘हेल्प डेस्क’ सञ्चालन

विराटनगर, १८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । विराटनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा उद्यमीहरुको सहयोगका लागि महासंघ मोरङले हेल्प डेस्क स्थापना गरेको हो । मोरङका...

मेरिल्याण्ड कलेजको भव्य भयो वार्षिकोत्सव

विराटनगर । विराटनगर महानगरपालिका ७ मा रहेको मेरिल्याण्ड कलेजले २२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कलेज परिसरमा आज विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी कलेजले वार्षिकोत्सव तथा अभिभावक...

प्रचण्डको सचिवालयले भन्यो : प्रभाकरसँग जोडेर गरिएका प्रचार भ्रामक

काठमाडौं, ८ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्‍ने कुरामा सत्य नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र शर्माबीच कुनै मतान्तर नरहेको प्रचण्डका...

आज विराटनगमा १६१ जनामा कोरोना संक्रमण

विराटनगर, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक...

इँटाभट्टामा जिउँदै जलाउने घटनाका अभियुक्त पूर्वमन्त्री आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बम तथा विस्फोटक पदार्थ प्रयोग गरेर मानिस मारेको आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई थुनामुक्त गराउन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सुष्मालता माथेमा र नहकुल...

प्रदेश १ मा पीसीआरबाट ९ सय ६ जनाको कोरोना परीक्षण, २९ जनामा संक्रमण पुष्टि

विराटनगर, १२ वैशाख-प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरूमध्ये ८७ महिला...

‘चाँदीको घेरा, नेकपा बैठक’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटले पार्टीभित्र संकट मडारिए पनि आशाको किरण बाँकी नै रहेको संकेत गरेका छन् । पछिल्लो समय ट्विटरमा निकै सक्रिय देखिएका पूर्वसंचारमन्त्रीसमेत रहेका बाँस्कोटाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्