उद्योगमैत्री कर नीति ल्याउन मोरङका व्यापार संघको माग

 न्यूज विराट
उद्योगमैत्री कर नीति ल्याउन मोरङका व्यापार संघको माग

विराटनगर । मोरङ उद्योग व्यापार संघले स्वदेशी उद्योगको संरक्षण र सम्वद्र्धनका लागि उद्योगी कच्चा पदार्थमा लाग्ने कर हटाउन माग गरेको छ ।
संघीय अर्थ मन्त्रालय र मोरङ उद्योग व्यापार संघको संयुक्त आयोजनामा सोमबार विराटनगरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । उनीहरुले उद्योग क्षेत्रका प्रतिनिधिहरूले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि उद्योगमैत्री कर नीति ल्याउन सरकारलाई सुझाव दिए ।
कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले कच्चा पदार्थ आयातमा हुने भिन्न–भिन्न कर दरले उद्योगीहरू अन्योलमा परेको बताउँदै भारतबाट आयात हुने गहुँमा ५ प्रतिशत र तेस्रो देशबाट आयात हुने गहुँमा १० प्रतिशत भन्सार महसुल लागू हुने व्यवस्था हटाई एकरूपता कायम गर्न माग गरे । पहुँचका आधारमा दिइने अनुदानमा भइरहेको विभेद अन्त्य गरी समान अवसर दिनुपर्ने राठीको भनाई छ ।
राठीले मूल्य अभिवृद्धि कर (भ्याट) लाई स्वदेशी उद्योगलाई प्रोत्साहन दिने गरी पुनः संरचना गर्नुपर्नेमा पनि जोड दिए । साथै, नेपालमा आयात हुने चिनीमा कायम ३० प्रतिशत भन्सार महसुल घटाएर १५ प्रतिशतमा झार्नुपर्ने र कपडा उद्योगलाई संरक्षण गर्न पनि महसुल दर घटाउनुपर्ने सुझाव राखे ।


नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य पवनकुमार सारडाले तीन तहका सरकारहरूबाट असुलिने करले उद्योगीहरू निराश भएको बताउँदै राजमार्गमा गाडी रोकेर भइरहेको अनाधिकृत असुली, गुन्डा प्रवृत्ति र अव्यवस्थित कर नीतिले उद्योगलाई संकटोन्मुख बनाएको टिप्प्णी गरे ।
‘सरकारको गलत कर नीतिका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन’, उनले भने,‘उद्योगीहरू विदेश पलायनको सोचमा छन्, देशको बौद्धिक शक्ति पनि बाहिरिन थालेको छ ।’
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका तर्फबाट राजश्व परामर्श समितिका सभापति देवकिनन्दन अग्रवाल लगायतका वक्ताहरूले पनि उद्योगको दिगो विकासका लागि स्पष्ट, स्थिर र अनुकूल कर नीति आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले नेपाल–भारत सिमाना जोगबनी नाकामा कडाइ गरी अवैध तस्करी नियन्त्रण गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।
संघीय सरकारको अर्थ मन्त्रालयका सह–सचिव उत्तरकुमार खत्रीले आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा भएका त्रुटिहरू सच्याउँदै आगामी बजेट उद्योगमैत्री बनाउन सुझाव संकलन भइरहेको जनाए ।
कार्यक्रममा राजस्व सचिव दिनेश घिमिरे, भन्सार विभागका महानिर्देशक मदन दाहाल, उपमहानिर्देशक जनकराज शर्मा, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठलगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

माेेरङकाे ४(२) मा कटहरिकाे एउटा वाड गणना सकिदा भिम पराजुलीलाई झिनाे मतकाे अग्रता

विराटनगर । माेरङकाे क्षेत्र नम्बर ४(२) प्रदेशतर्फ कांग्रेसका केन्द्रीय सदस्य भिम पराजुलीले झिनाे मतले सुरुवाति अग्रता लिएका छन । पराजुलीले एमालेका नेता जीवन घिमिरेलाइ २५ मतले पछि पार्दै अग्रता लिएका हुन् ।२ हजार ७ सय...

विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख प्रधानले दोहोरो सुविधा लिएको खुलासा, लेखा परिक्षक नियुक्तिमासमेत मोटो रकमको चलखेल

विराटनगर, माघ ३-विराटनगर महानगरपालिकाका एक कर्मचारीले कानुन विपरित दोहोरो सुविधा लिएको खुलासा भएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले नियम कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षकको नियुक्ति लिएर दोहोरो सुविधा लिएको खुलासा भएको...

विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ वैशाख-सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो...

प्रदेश, जिल्ला र स्थानीय तहमा पनि लकडाउनमा कडाइ

सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश, जिल्ला र स्थानीय तहबाट समेत लकडाउन कडाइका साथ लागूू गर्ने निर्णाय गरेको हो । यसअनुसार एक जिल्लाबाट अर्को जिल्लामा पनि जाज पाइनेछैन...

एनसीडिए मोरङद्धारा धनपालथानका अग्नि पीडितलाई राहत वितरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङ शाखाले धनपालथान गाउँपालिका ६ मा अग्निपीडित परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ । स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा पीडित परिवारहरूलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिएको हो ।गत...

देशभर ३७४९ जनामा संक्रमण पुष्टि, ३५६४ डिस्चार्ज

काठमाडौं, २९ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

सनसिटीमा कोरोना परीक्षण : २ सय ९८ जनाको आरडीटी नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा २ सय ९८ जनाको नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ जनामा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा...

सत्ता गठबन्धनको निर्णय : जेठभित्रै स्थानीय चुनाव

सत्ता गठबन्धनले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको  छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्‍ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बालुवाटारमा शनिबार बसेको बैठकले संविधानअनुसार कानुन संशोधन गरेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्