मोरङका पत्रकारहरुको कोरोना परिक्षण, १६ जनाको नमुना संकलन गरियो

 न्यूज विराट
मोरङका पत्रकारहरुको कोरोना परिक्षण, १६ जनाको नमुना संकलन गरियो

विराटनगर, जेठ ३–कोरोना भाईरसको जोखिमका बाबजुद जनतालाई सु–सुचित गराउन खटिएका मोरङका पत्रकारहरुको कोरोना परिक्षणका लागी स्वाबको नमुना सङकलन गरिएको छ ।

शनिबार नेपाल पत्रकार महासंघको प्राङगणमा जिल्लाका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परिक्षणका लागी स्वाबको नमुना सङकलन गरिएको नेपाल पत्रकार महासं मोरङका अध्यक्ष बन्धु पोखरेलले जानकारी दिए ।

प्रारम्भिक चरणमा विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र, कोरोना सङक्रमित र कोरोना सङक्रमितको उपचारमा खटिएका चिकित्सकहरुको निकट रहेर भिडियो तथा फोटो पत्रकारितामा संलग्न १६ जना पत्रकारहरुको स्वाब सङकलन गरिएको उनले बताए । उनका अनुसार नमुना संकलन गरिएका सवै पत्रकारहरुको रिपोर्ट सोमबार बिहानसम्म आउने छ ।

सम्बन्धित समाचार

गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउँछ : महत

विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतअन्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा बुधबार विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले यस्तो बताएका हुन् । पाँच दलिय गठबन्धनले...

चट्याङ लागेर सुनसरीमा एक बालिकाको मृत्यु

सुनसरी, ३१ भदौ-सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  खेतमा माछा मार्न गएको बेला...

पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेकमा सिल 

जनकपुर, ४ जेठ-सेनाका अधिकारीहरु मै कोरोना संक्रमण देखिएपछि महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाको पूरै ब्यारेकलाई सिल गरिएको छ । सो व्यारेकका पृतनापति र एकजना चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण...

नोवेल साकोसद्वारा स्रष्टा सम्मान

विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा सम्मान तथा काव्यगोष्ठी सम्पन्न गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा साकोसले कवि जमुना पौडेललाई सम्मान गरेको छ । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रेस युनियन कोशी...

इन्टरनेटमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं, २४ कात्तिक-सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको...

जनयुद्ध दिवसमा डिग्री क्याम्पसमा वृक्षारोपण

विराटनगर । विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । अखिल क्रान्तिकारी डिग्री क्याम्पस इकाइले मंगलबार जनयुद्ध दिवसको अवसर पारेर क्याम्पस परिसरमा वृक्षारोपण र सरफाइ कार्यक्रम आयोजना गरेको हो ।नेकपा माओवादी...

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु

सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्