एजेन्सी, जेठ २-अमेरिकी सिनेटले चीन सरकारले विगर अन्य मुस्लिम अल्पसंख्यकमाथि मानवअधिकार उल्लंघनका घटना भइरहेको भन्दै त्यसको जवाफ मागेको छ ।
सिनेटले सर्वसम्मतिले सो प्रस्ताव पारित गरेको हो । अब यो प्रस्ताव तल्लो सदनमा छलफलका लागि जानेछ । कोरोना भाइरसको महामारीका लागि अमेरिकाले चीनलाई जिम्मेवार ठहर गर्दै आएको छ ।
पछिल्लो प्रस्तावलाई दुई देशबीच जारी तनावको एक हिस्साका रूपमा हेरिएको छ । यो विधेयकमा चीनको सिनजियाङमा रहेका मुस्लिम समुदायमाथि मानवअधिकार उल्लंघन भएको भन्दै निन्दा गर्नुका साथै उनीहरूमाथि भइरहेको उत्पीडन अन्त्यको माग गरिएको छ ।