सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

 न्यूज विराट
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं, जेठ २–सरकारको नीति तथा कार्यत्रम संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने छिन् ।

नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । कोरोना जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालित भइरहेको बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको सचिवालयको भनाइ छ । राष्ट्रपतिको आवागमनका लागि कुनै विशेष प्रबन्ध गरिएको छैन ।

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले कोरोना जोखिमबीच हामीले अधिकतम सुरक्षात्मक विधि अपनाएर बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । दुवै सदनमा सम्बोधन भएपछि दुवै सदनका फरकफरक बैठक बसेर धन्यवादको प्रस्ताव टेबल हुने उनले बताए ।

सरकारले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमणले पारेको बहुपक्षीय असरलाई केन्द्रित गर्ने बुझिएको छ । नीति कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेको छैन । कोरोना जोखिमबाट परेको बहुपक्षीय असरमा नै कार्यक्रम केन्द्रित हुने जनाइएको छ । नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ ।

सरकारले कोरोना जोखिमसँगै स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनाका कार्यक्रमलाई मुख्य रूपमा नीति कार्यक्रममा अघि सार्ने तयारी गरेको छ । हाल कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गर्ने तयारी पनि सरकारको छ । रोजगारी सिर्जना गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र आधुनिकीकरण गर्ने नीति लिने सरकारको तयारी छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि, सिँचाइ जस्ता क्षेत्रसँग पनि जोडेर रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ ।

सम्बन्धित समाचार

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा...

कोरोना संक्रमणबाट एकै दिनमा ४३ सय बढीको मृत्यु

एजेन्सी, चैत १९-विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण एकै दिनमा थप ४ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ भने ७२ हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन् । यो कोरोना भाइरसबाट...

दलित मुक्ति संगठनद्धारा इटहरीमा प्रदर्शन

विराटनगर, असार १०–दलित समदाय माथि भइरहेको जातीय विभेदका घटना विरुद्धमा नेपाल दलित मुक्ति संगठनले सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ । अन्तरजातीय प्रेम बिवाह गर्न गएका नवराज बिक लगायत ६ जनाको क्रुर हत्या, दलित भएकै कारण...

कोरोना नियन्त्रणमा केन्द्रित हुन दिगो विकास समितिको सरकारलाई निर्देशन

काठमाडौं, १२ वैशाख-राष्ट्रियसभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन...

कानूनि सचेतना जगाएर सबैलाई न्यायको पहुँचमा ल्याउन माग

विराटनगर । कानूनि साक्षरता र सचेतना अभावका कारण विभिन्न घटनाका पिडित र हिंसामा परेकाहरुले न्याय पाउनबाट बञ्चित हुन परेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । उच्च सरकारी वकिल कार्यालय विराटनगरले यहि असार २५ गते मोरङको...

नागरिकता विधेयकको विरोधमा देशभर प्रदर्शन गर्ने जसपाको निर्णय

काठमाडौं, १० असार-नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले देशभर प्रर्दशन गर्ने निर्णय गरेको छ । अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रावधानको विरोध गर्दै जसपाले देशभर प्रदेश गर्ने निर्णय गरेको हो । आज प्रेस...

३ देखि ५ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने

एजेन्सी, जेठ ९-अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ । कोरोना भाइरसका...

काँग्रेसको बलियो साथले सरकार भ्रष्टाचार विरुद्ध खरो उत्रियो : देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको बलियो साथ रहेकोले नै सरकार भ्रष्टाचार विरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् । सुनसरीको इनरुवामा आज आयोजित काँग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै देउवाले गठबन्धन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्