युवालाई स्वदेशमै रोजगारी र अवसरको सिर्जना गर्न अग्रसर छौँ : प्रधानमन्त्री ओली

 न्यूज विराट
युवालाई स्वदेशमै रोजगारी र अवसरको सिर्जना गर्न अग्रसर छौँ : प्रधानमन्त्री ओली

काठमाडौं, १ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गरेका छन् । ३१औँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरिबीबाट  सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने संकल्पमा युवाको रचनात्मक सहभागिता हुने आशा व्यक्त गरेका छन् ।

तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष ओलीले युवाले देशभक्ति, समानता, न्याय, सामाजिक सुरक्षा तथा सम्मानित जीवनसहितको आत्मनिर्भरताबाट राष्ट्र निर्माणमा योगदान हुने अपेक्षा पनि गरेका छन् ।

कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पङ्क्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा सरकार रहेको बताउँदै सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसरको सिर्जना गर्न अग्रसर छौँ ।’

सम्बन्धित समाचार

सरकारले संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन दिँदैन : डा. खतिवडा

काठमाडौं, २२ साउन-अर्थ, सञ्चार तथा सूचना प्रविधिमत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको...

पानी पार्ने प्रणाली कमजाेर भैसक्याे, आजदेखि पारिलाे घाम लाग्छ:माैसमविद्

काठमाडौं, २९ पुस । देशभरको मौसममा आज दिउँसोदेखि क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव कमजोर भइसकेकोले आज दिउँसोबाट मौसममा...

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

काठमाडौँ, २७ मङ्सिर-रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र...

मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका –...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लागेका हुन्...

कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले मुख्यमन्त्रीबाट राजीनामा दिए : हिक्मत कार्की

विराटनगर । पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको...

संविधान शंसोधन गरिएकोमा पुष्पलाल चोकमा दिप प्रज्वलन

विराटनगर, जेठ ३१–प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

प्रदेश सरकारले कोरोना जित्दै: मन्त्री घिमिरे

विराटनगर, असार १०–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताएका छन् । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको उनले बताए । प्रदेश सरकारले कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्