आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

 न्यूज विराट
आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं, १ जेठ-नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय र बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ । बिहीबार बिहान नै कपिलवस्तुकी ६ वर्षीया बालिका र काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

लकडाउनका कारण मिथिलाञ्चलको चैती छठ प्रभावित

लकडाउनका कारण मिथिलाञ्चलको महापर्व चैती छठ प्रभावित भएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घदिने कार्यक्रम हुँदा पोखरीमा प्रहरीले कसैलाई आउन दिइरहेको छैन । सामाजिक दुरी कायम राखेर घर–घरमा मात्रै मनाउन सबैलाई आग्रह गरेको जिल्ला प्रहरी...

भारतीय प्राध्यापकले भने, ‘नक्सायुद्ध कसले सुरु गरेको ? नेपाल काश्मिर होइन’

काठमाडौं, ८ जेठ-एक जना भारतीय मूलका प्राध्यापकले नेपालसँगको सीमा विवादलाई लिएर कडा प्रतिक्रिया सार्वजनिक गरेका छन् । स्विडेनस्थित उप्साला विश्वविद्यालयका शान्ति तथा द्वन्द्व अनुसन्धानका प्राध्यापक अशोक स्वीनले नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार गर्छ...

माधवको गृहजिल्ला रौतहटमै रित्तिने अवस्थामा पुग्यो नेकपा एस

रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।...

संविधान संशोधनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाठौं, जेठ १७-नेपाली कांग्रेसले संघीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बस्ने बैठकमा संविधान संशोधन प्रस्तावलगायत समसामयिक विषयमा छलफल...

रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभाबक भेला

पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको रेडस्टार अङग्रेजी बोडीङ स्कुलको सिनभिलेज पार्टी प्यालेसमा मंगलबार २३ औं बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ । विद्यालयका फाउन्डर तथा प्रधानाध्यापक टिएन तिम्सीनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो...

भोलिदेखि रेडियो र टेलिभिजनबाट पढाइ

काठमाडौं, ३२ जेठ-कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट...

माधव पक्षीय सांसद हिराचन्द्र केसीद्वारा राजीनामा दिन अश्वीकार

नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको...

एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्