सुरु भयो कक्षा १२ को परीक्षा

 न्यूज विराट
सुरु भयो कक्षा १२ को परीक्षा

काठमाडौं, ९ मंसिर-कोरोना भाइरस (कोभिड-१९) महामारीकाबीच कक्षा १२ को परीक्षा सुरु भएको छ । कोरोनाका कारण ८ वैशाखका लागि तोकिएको परीक्षा मंगलबारदेखि सुरु भएको हो । परीक्षा होम सेन्टरबाट लिइएको छ । कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।

कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र सयम पनि घटाइएको छ । डेढ घण्टामा ४० पूर्णाङ्कमा लिखित परीक्षा लिइएको हो । ४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने छ ।

स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न राष्ट्रिय परीक्षा बोर्डले सबैलाई अनुरोध गरेको छ । एउटा कोठामा २० जना विद्यार्थी राख्नुपर्ने, अनिवार्य मास्क लगाउने, विद्यार्थीलाई २ मिटरको दूरीमा राख्ने, परीक्षा अगाडि र परीक्षा सकिएपछि भीडभाड नगर्न बोर्डले अनुरोध गरेको छ । कोरोना संक्रमित भए पुनः परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । परीक्षामा ४ लाख ३३ हजार विद्यार्थी सहभागी छन् ।

सम्बन्धित समाचार

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व विभागको छापा, भन्सार छली गरेको आशंका

विराटनगर । विराटनगर ११ जनपथटोलमा रहेको कपडाको हलसेल पसल गर्ने स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसधान विभागको टोलीले छापा मारेको छ । आइतबार विभागको टोलीले छापा मानेर सप्लायर्सको कागजपत्र बरामद गरेको छ । विभागले भन्सारबाट...

डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, १२ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गए राति हत्या भएको छ । प्रहरीका अनुसार वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यकरणको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको डोजरको बकेटले हानेर...

नेपाल किड्स आइडलको स्कुल एक्टिभेसन सुरु, ५ देखि १५ वर्षका बालबालिका सहभागी हुन पाउने

विराटनगर । जय मिडिया म्यानेजमेन्टको आयोजनामा हुन लागेको बालबालिकालक्षित रियालिटी शो ‘नेपाल किड्स आइडल’ को स्कुल एक्टिभेसन कार्यक्रम सुरु भएको छ । शोको प्रचारप्रसार तथा सहभागी अभिरुचिलाई प्रोत्साहन गर्न आयोजकले विभिन्न विद्यालयमा पुगेर स्कुल एक्टिभेसन...

बाल संसारको दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर ५ मा रहेकोे बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत...

नेपाली भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्नुपर्छः नेता कोइराला

मोरङ, २९ जेठ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् । पार्टी नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले लिपुुलेक, कालापानी...

पाल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो

बुटवल, ८ असार-बुटवलबाट रिडितर्फ जाँदै गरेका ४ वटा सवारीसाधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ । घटनास्थलमै २ र १ जनाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक...

मोरङमा नयाँ आएका एसपीले हटाए ‘घुमुवा’, पाँच जना सादा पोषाकका प्रहरीको सरूवा

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी हटाएका छन् । सूचना संकलनका लागि भनेर यसअघि परिचालन भएको पाँच जना सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएर उनीहरुको...

गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण

विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । ‘मर्यादित सहकारी, समुन्नत समाज’ मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्