आजदेखि लुम्बिनीमा प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक सुरु

 न्यूज विराट
आजदेखि लुम्बिनीमा प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ, पुस १२ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारवाहीबाट हटाएर रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।अध्यक्ष बस्नेतका अनुसार बैठकले राष्ट्रिय महाधिवेशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको मिति पनि निर्धारण गर्नेछ । चौतारीले आगामी फागुनभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्ययोजनासहित काम अगाडि बढाएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

बैठकको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अपरान्ह ३ बजे उदघाटन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा प्रचार विभाग उपप्रमुख विष्णु रिजालको पनि उपस्थिति रहने छ ।केन्द्रीय कमिटी बैठकमा देशभरबाट केन्द्रीय कमिटी सदस्य तथा अतिथीहरुसहित तीनसय बढीको सहभागिता रहने केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रदिप आचार्यले बताए । प्रेस चौतारी रुपन्देही शाखाको आतिथ्यतामा बैठक हुन लागेको हो ।

सम्बन्धित समाचार

स्वीट्जरल्यान्डमा निःशुल्क खानाका लागि एक किलोमिटर लामो लाइन

एजेन्सी, बैशाख २८-संसारकै सबैभन्दा धनी देशको सूचीमा गनिने स्वीट्जरल्यान्डमा शनिबार एउटा तस्बिरले सबैलाई अचम्मित पार्‍यो । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार एक हजारभन्दा बढी मानिस निःशुल्क खाना खानका लागि लाइनमा बसेका थिए । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार साँझ...

परीक्षणको दायरा फराकिलो बनाऊ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गरे । सुदूरपश्चिम...

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं, ३ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२...

रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लिदै (फोटोफिचरसहित)

रतुवामाई । रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा उर्लिएको जनलहरले रतुवामाईमा एमाले धेरै बलियो देखिएको नेताहरूले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा...

लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती

सुर्खेत, वैशाख ४-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।बैंकमा लकडाउन पनि भीडभाड हुने, रकम झिक्ने र जम्मा गर्ने काम भएकाले बैंकका तल्ला तहका कर्मचारीमा...

काठमाडाैं आइपुग्याे लिउ जियाञ्चाओकाे टाेली

चिनियाँ कम्युनिस्ट पार्टीको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ काठमाडाैं आइपुगेका छन् । टाेली एयर चाइनाको ४३७ नम्बर उडानबाट लिउ नेतृत्वकाे टाेली केही बेरअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेकाे हाे । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू फङ स्यौपिन,...

विराटनगर महानगरले स्थापना गर्यो ‘राहत कोष’

विराटनगर, चैत १५–‘लक डाउन’ का कारण भएको खाद्यान्न अभाव न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ । महागरपालिकाले नगरक्षेत्रभित्रका अति विपन्न, गरिब तथा सुकुम्बासी परिवारहरुमा पर्न गएको खाद्यान्न अभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न...

भारतलाई २०० मेगावाट विद्युत् बेच्न विद्युत प्राधिकरणले खोल्यो टेन्डर

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुलीमात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्