काठमाडौं, ३१ वैशाख-राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले नेपाल–भारत सीमाक्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमाक्षेत्रमा रहेका नागरिकहरूलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरूले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् ।
सांसद इन्दु कँडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताए । अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्ने बासिन्दालाई आक्रान्त बनाएको उनले बताए ।
‘कुन दिन हाम्रो आँगनमा किला गाडेर यो भारतको हो र तँ भारतको नागरिक हो भन्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धाण गरेर काँडेतार र पर्खाल लगाउनुपर्छ । सरकार यसका लागि तयार हुन्छ भने म आफ्नो एक वर्षको तलब सुविधा दिन तयार छु,’ उनले भने ।