रुसमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, पुटिनका प्रवक्तामा कोरोना देखियो

 न्यूज विराट
रुसमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, पुटिनका प्रवक्तामा कोरोना देखियो

एजेन्सी, बैशाख ३१-रुपमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । रुसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी रहेको छ ।

मंगलबारमात्रै रुसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा आगो लाग्दा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पाँच जनाको मृत्यु भएको थियो । यस्तै मंगलबार नै कोरोना परीक्षणमा राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिमित्री पेस्कोभलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका छन् । उनी करिब २० वर्षदेखि पुटिनसँगै काम गरिरहेका छन् भने २००८ देखि प्रवक्ताको जिम्मेवारीमा छन् । डिमित्रीले तास ज्युज एजेन्सीलाई भने, ‘हो, म बिरामी छु र मेरो उपचार भइरहेको छ ।’  उनको अवस्था कति गम्भीर छ भन्नेबारेमा भने केही बताइएको छैन । यसअघि रुसी प्रधानमन्त्री मिखाइललाई कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचार

लकडाउनविरुद्ध बन्दुकसहित प्रदर्शन, समर्थनमा ट्रम्पको ट्विट

एजेन्सी, बैशाख ६-अमेरिकाका विभिन्न राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन गरेका छन् । विशेषगरी डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका छन् । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन...

रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिनै तस्करीमा संलग्न

विराटनगर, फागुन १९–रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे...

मिल्स टि–२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि...

लकडाउन वैशाख २५ सम्म थप गर्ने सरकारको निर्णय

सरकारले कोरोना नियन्त्रणका लागि लागू गरेको लकडाउनको अवधि २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको...

लकडाउनभर घरमा बसेका कर्मचारीलाई सार्वजनिक बिदा

काठमाडौं, १५ वैशाख-९ चैतपछि लकडाउनका कारण कार्यालय जान नपाएका सबै कर्मचारीलाई सरकारले  बिदा दिने भएको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी लकडाउनका कारण कार्यालय जान नसकेका कर्मचारीको ९ चैतयताको बिदालाई सार्वजनिक बिदामा परिणत गरेको हो...

मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै

जनकपुर, २ वैशाख-माटोको हिलो एकअर्कालाई छ्यापेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ । तर, मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुडशीतल यसैगरी मनाइँदै छ । यो वर्ष भने लकडाउनका कारण जुडशीतल पर्व प्रभावित भएको छ ।...

एमाले महाधिवेशनः मोरङमा ५७ प्रतिनिधिका लागि १७० जनाको उम्मेदवारी, दलित तर्फ सर्वसम्मत

विराटनगर, २५ कात्तिक । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङमा १७० जनाको उम्मेदवारी दर्ता भएको छ । ६ वटा निर्वाचन क्षेत्रबाट निर्धारण गरिएको ५७ महाधिवेशन प्रतिनिधिकाका लागि १६६ जना र दलित निर्वाचन क्षेत्र...

बुढीगंगामा युवाहरुबीच ‘ग्याङ फाइट’ प्रकरणः दाहालको हत्या आरोपमा चार जना पक्राउ

विराटनगर, २ मंसिर । मोरङको बुढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा रिजन दाहालको हत्या गरेको आरोपमा चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–७ का २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका–६ का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्