सरकारले सार्वजनिक खर्च घटाउने साहस गरेन : गगन थापा

 न्यूज विराट
सरकारले सार्वजनिक खर्च घटाउने साहस गरेन : गगन थापा

काठमाडौं, ३० वैशाख-नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले  सरकारले आशा जगाउने खालको कार्यक्रम नल्याएको दाबी गरेका छन् । समकालीन विद्वान्हरूमध्ये सर्वाधिक विद्वान् र अनुभवीको पहिचान अर्थमन्त्री डा. खतिवडालाई दिइने गरे पनि उनले नयाँ र आसलाग्दा कार्यक्रम ल्याउन नसकेको थापाले बताएका छन् ।

कोरोनाका कारण सिर्जित अवसरलाई उपयोग गर्ने संकल्प, साहस र सिर्जनात्मकता सरकारले देखाउन नसकेको टिप्पणी उनको छ । प्रतिनिधिसभाको बैठकमा मंगलबार पूर्वबजेट छलफलमा भाग लिँदै उनले अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको प्रस्तावमा नयाँपन केही नभेटिएको बताए ।

नवप्रवर्द्धनको मौका, डिजिटल प्रविधितर्फ पनि सरकारको पट्क्कै ध्यान नगएको उनले बताए । अर्थमन्त्री खतिवडाले करको दायर बढाउने पुरानै सिद्धान्तलाई आधार मानेको भन्दै उनले सार्वजनिक खर्च घटाउने यस्तो अवसर आउँदा पनि अर्थमन्त्रीले त्यसतर्फ साहस गर्न नसकेको टिप्पणी गरे ।

विदेशबाट फर्किन लागेर र स्वदेशमै पनि बेरोजगार भएका लाखौँ नेपालीका लागि अर्थमन्त्री खतिवडाले ठोस कुनै योजना ल्याउने छाँटकाँट नदेखाएको भन्दै थापाले आक्रोश पोखे ।

सम्बन्धित समाचार

सेन्ट्रल मलले मनायो चौथो वार्षिकोत्सव

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मल चौथो वार्षिकोत्सव भव्य कार्यक्रम आयोजना गरी मनाएको छ । सेन्ट्रल मलले शनिबार विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सव अवसर पारेर शनिबार विहान रक्तदान कार्यक्रम आयोजना गरेको...

सुनसरीमा भदौ ७ गतेसम्म लक डाउन

विराटनगर, ३२ साउन-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले यस अघि पनि ५ दिन र ६ दिन गरी दुई पटक लकडाउन गरेको...

सनसिटीमा कोरोना परीक्षण : २ सय ९८ जनाको आरडीटी नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा २ सय ९८ जनाको नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ जनामा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना कोषमा २ करोड दिने घोषणा

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै कोरोना कोषमा २ करोड रकम दिनका लागि हिमानी कोषमा बुझाइसकेको...

विद्याथीको रोजाइमा विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । इन्जिनियरिङ अध्ययनप्रतिको विद्यार्थीको आकर्षण घटेको छैन । बरु यो आकर्षण अहिले पनि नघटी वरु अझ बढ्दो छ । पढाइ सक्ने बित्तिकै रोजगारी सहज रुपमा पाउने भएपछि इन्जिनियरिङप्रति आकर्षण बढेर गएको हो । विद्याथीको...

‘मस्जिद–मदरसामा कोही लुकेका छैनन्’

नवलपरासी, १७ वैशाख-नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको छ । उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न...

यस वर्ष दसैँको टीकाको साइत १०:०२ मा

काठमाडौं, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।...

नेपाल चिकित्सक संघ कोशीको नयाँ नेतृत्वका लागि मतदान जारी

विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । विराटनगरमा जारी मतदानमा नेपाल चिकित्सक संघमा १२ सय ८१ जना सदस्यहरुले मतदान गरिरहेका छन । निर्वाचनमा डा.कैलाश कुमार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्