आजदेखि खुल्दै सेयर बजार

 न्यूज विराट
आजदेखि खुल्दै सेयर बजार

काठमाडौं, ३० वैशाख-डेढ महिना बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो । सरकारले गत ११ चैतदेखि कोरोनाको संक्रमण बढ्न नदिन बन्दाबन्दी घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।

नेपाल स्टक एक्सचेन्जले मङ्गलबारदेखि सेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङगलबारदेखि सेयर बजार पुनः सञ्चालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डको निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो ।

बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक २ घण्टा (बिहान ११ देखि १ बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गरिने बताइएको छ ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै

धनकुटा, फागुन १६–धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै गएको अख्तियारको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा दर्ता भएका धनकुटाका ५० मध्ये २५ वटा उजुरी स्थानीयतहका छन् । यी बाहेक शिक्षा,...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको २५ सदस्यीय वडा कमिटी गठन

विराटनगर, २४ भदौ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढिकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. २ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।...

विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । विराटनगरमा...

कीटनाशक झोल छर्किंदैमा कोरोना मर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २२ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डीस्इन्फेक्ट छर्दैमा कोरोना भाइरस नाश नुहने बताएको छ ।मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शरीरमा कीटनाशक झोल छर्किँदैनमा कोरोनाको संक्रमण नरोकिने बताएका हुन् । विभिन्न ठाउँमा डिस्इन्फेक्सन...

प्रदेश १ मा थप ९ जनामा कोरोना पुष्टि

विराटनगर, जेठ ६–प्रदेश १ मा मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापाको कचनकबल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार सोही गाउँपालिकाका एक व्यक्तिमा...

प्रदेश १ पाँच हजार बढीको परीक्षण, ३० जनामा कोरोना पुष्टि

विराटनगर, बैशाख १३-प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले...

झापामा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, २१ पुस-झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा मोचरसाइकल चालकको मृत्यु भएको हो । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको...

भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी

दार्चुला, २८ वैशाख-दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्