‘वयस्क छु, तन्दुरुस्त छु, मलाई कोरोना लाग्दैन भन्ने भ्रममा नपरौँ’

 न्यूज विराट
‘वयस्क छु, तन्दुरुस्त छु, मलाई कोरोना लाग्दैन भन्ने भ्रममा नपरौँ’

 काठमाडौं, २९ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वयस्क र तन्दुरुस्त छु भन्दैमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हुँदैन भन्ने भ्रममा नपर्ने आग्रह गरेको छ ।

कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले वयस्क तन्दुरुस्त रहेकालाई कोरोना लाग्दै न भनेर भन्ने गरेका सुन्ने गरिएको बताउँदै त्यस्ता भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले नेपालमा देखिएका कोरोना भाइरस संक्रमित सबैभन्दा धेरै युवा उमेरका रहेका उल्लेख गर्दै स्वास्थ्य प्रति खेलवाड नगर्न आग्रह गरेका हुन् ।

‘वयस्क तन्दुरुस्त रहेकालाई कोरोना लाग्दै न भनेर भन्ने गरेका छन्  नेपाल र विश्वकै तथ्यांक हेर्ने हो भने पनि बच्चादेखि ज्येष्ठ नागरिक सबैलाई कोरोनाले छोडेको छैन । संक्रमित छन् । नेपालको परिवेश हेर्दा २ महिनादेखि ८१ वर्षसम्मका संक्रमित भएको देखिन्छ । जसमा २० वर्षदेखि ५० वर्ष उमेर धेरै छन्’ उनले भने, ‘त्यसैले यो उमेरमा वयस्क छु तन्दुरुस्त छु मलाई कोरोना लाग्दैन भन्ने भ्रममा नपर्नुहुन अनुरोध गर्दछु ।’

उनले ध्रूम पान तथा सुर्तीजन्य वस्तुको प्रयोगले गर्दा अझ कोरोनाको जोखिम बढ्ने उनले बताए । यस्ता वस्तुको सेवन वस्यक व्यक्तले नै धेरै गरेको सुन्ने र देख्ने गरिएकोले यो समयलाई ध्रूमपान र सूर्तीजन्य पदार्थबाट मुक्ति पाउने अवसरका रूपमा लिन सकिने पनि उनले बताए ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...

सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी हुने, तीन ठाउँमा अडिसन हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको अडिसन विराटनगर, इटहरी धरानमा हुने भएको छ । विराटनगरमा...

प्रचण्ड ओलीनिकट नेताहरुसँग संवादमा

सामान्यतः नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच मत मिल्दैन । पोखरेलले अध्यक्ष प्रचण्डलाई चिढ्याउने सार्वजनिक अभिव्यक्ति दिनेमात्र होइन्, सचिवालय बैठकमै सहज प्रस्तुति हुदैन । अलिक कडा भाषाशैलीमा प्रस्तुत हुने पोखरेलले नै जबजको फायर खोलेका...

अदालतले जे निर्णय गर्छ त्यो मान्छौंः देउवा

काठमाडौं, १३ पुस-प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमबिरुद्ध एक्लै आन्दोलन गर्ने भएको छ । संसद विघटनको बिरोधमा काँग्रेसले सोमबार देशव्यापी प्रदर्शन गरेको थियो । सोही क्रममा भक्तपुरको प्रदर्शनलाई सम्बोधन गर्दै...

कोरोना संक्रमणबाट प्रदेश १ मा एकैदिन २२ जनाको मृत्यु

काडमाडौं, १९ जेठ । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ९ महिला र १३ जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये सबैभन्दा बढी मोरङका ८...

क्वारेन्टाइनका लागि अस्पतालको अलपत्र भवन पनि प्रयोगमा ल्याउने तयारी

जनकपुरधाम उपमहानगरपालिका- १३ मा ५० बेडको क्वारेन्टाइन स्थापना गरिने भएको छ । मणिपाल शिक्षण अस्पतालका लागि निर्माणाधीन अवस्थामै अलपत्र रहेको भवनमा आइसोलेसन कक्ष निर्माण गर्न लागिएको हो । यसको पूर्वाधार निर्माण, उपकरण तथा चिकित्सकलाई तालिम...

सुनसरीको देवानगन्जमा गोली चलाउनेको पहिचान खुल्योे, तीन जना घाइते

विराटनगर । सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चलेको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश...

रथ यात्रामा राजकुमार रौनियारद्धारा निःशुल्क सर्वद र प्रसाद बाडिने

विराटनगर । विराटनगरमा भोली निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्रा रौनियार सेवा समाजका केन्द्रीय सदस्य तथा विराटनगरका संयोजक राजकुमार रौनियारले निःशुल्क सर्वद पानी र प्रसाद वितरण गर्ने भएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्