सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी हुने, तीन ठाउँमा अडिसन हुँदै
बुधबार, ३० साउन, २०८१,
न्यूज विराट
विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको अडिसन विराटनगर, इटहरी धरानमा हुने भएको छ । विराटनगरमा आउँदो शनिबार, इटहरीमा भदौ ८ गते र धरानमा भदौ १५ गते अडिसन हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । प्रतियोगिताको छनौट चरणको अडिसनबाट छनौट भएका प्रतियोगिहरु फाइनलमा पुग्नेछन् । प्रतियोगिताको बिजेताले नगद र विभिन्न गिफट ह्याम्परहरु प्राप्त गर्नेछन् ।
छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका थिए । बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ । विगतको वर्षहरुमा जस्तै यो पटक पनि भव्य र सभ्य तरिकाले सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने अध्यक्ष रायले बताए । ‘प्रतियोगितामा भाग लिने इच्छुक बालवालिकाहरुको लागि आवेदन पनि खुल्ला गरिएको छ । आवेदन अनलाइनमाबाट पनि दिन सकिने गरीको व्यवस्था हामीले गरेका छौं,’ अध्यक्ष रायले भने ।
विराटनगर, २१ मंसिर । मोरङको रंगेली नगरपालिकाको शिक्षा ऐन २०७९ पारित भएको छ । बिहिबार सातौँ नगरसभाले शिक्षा ऐन पारित गरेको हो । सो ऐन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । सातौँ नगरसभामा मेयर दिलिप...
काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा...
विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको नेतृत्व मोरङ बेलबारी ३ नम्बर वडा पाएका छन् । माओवादीका केन्द्रीय...
काठमाडौं, ३१ साउन-आज दिउँसो धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...
विराटनगर, २१ असोज-सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय थप दुई दिन बन्द हुने भएको छ । वडा कार्यालयसहित उपमहानगरपालिकाको कार्यालय बन्द हुने भएको हो । कार्यालयका कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि १६ असोजदेखि ५ दिन कार्यालय बन्द गरिएको...
काठमाडौं, असार ९ । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा...
विराटनगर । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् । मंगलबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व नेपाली र पोर्तेललाई पुरस्कृत गरेको...
एजेन्सी, ७ असोज-अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको...