बन्दाबन्दीमै जहदामा ३२ सुकुम्बासीको घर निर्माण सुरु, जसको घर उसैलाई रोजगारी

 न्यूज विराट
बन्दाबन्दीमै जहदामा ३२ सुकुम्बासीको घर निर्माण सुरु, जसको घर उसैलाई रोजगारी

विराटनगर, बैशाख २९–बन्दाबन्दीकै बिच मोरङको जहदा गाउँपालिका–१ स्थित धुनीमा अति विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माण प्रकृया सुरु भएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको पहलमा स्थानीय ३२ विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माण सुरु भएको हो ।

निर्वाचन क्षेत्र पूर्वाधर विकास कार्यक्रम अन्तर्गत १ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको घर सांसद मण्डलले शिलान्यास गरेका छन् ।

विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माणको शिलान्यास गर्दै सांसद मण्डलले रु १ करोडमै ३२ परिवारका लागि नमुना घर बन्ने दावी गरे । उनले सुकुम्बासी परिवारप्रती सरकारले अभिभावकत्वको भुमिका निर्वाह गर्दै एकिकृत वस्ती निर्माणको काम सुरु गरेको बताए ।

सांसद मण्डलले विपन्न, भुमिहिन तथा सुकुम्बासी परिवारको दिर्घकालिन समस्या समाधानका लागि सरकार तत्पर रहेको बताए । ‘सांसद विकास कोषको बजेटमा इमान्दारीताका साथ श्रोत साधनको सदुपयोग गरियो भने सवै सम्भव छ भनेर नमुनाको रुपमा घर बनाउने तरखरमा लागेका छौँ ।’ उनले भने ,‘भोलिका दिनमा चाहँदाखेरी थोरै बजेटमा पनि धेरै भन्दा धेरै काम कसरी गर्न सकिन्न भनेर देखिने छ ।’

सांसद मण्डलले लामो समयदेखिको बन्दाबन्दीले जिवन यापनमा समेत कठिनाई उत्पन्न भएका सोही ३२ परिवारलाई घरसँगै रोजगारीसमेत प्रदान गरिने बताए । ‘रोजगारीको अवसर पनि सृजना गर्न जसको घर हो त्यहि परिवारका सदस्यलाई लेबर, मिस्त्रीदेखि सक्ने आवश्यक सवै काम पारिश्रमिकसमेत दिएर गराइन्छ ।’ उनले उनले भने ,‘जसको घर हो उसैले बनाउँदा राम्रो, गुणस्तरी र छिटोछरीतो काम पनि हुन्छ ।’ उनले महामारीका कारण सरकारले जारी गरेको बन्दाबन्दीले केही ढिलाइ भएपनी समयमै काम सकिने विश्वास व्यक्त गरे । उक्त घरहरु असार मसान्त भित्रैमा निर्माण सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र कहरले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा साढे १४ सयको परिक्षण गर्दा चार सय ६८ मा कोरोना पुष्टि, दुई सय २१ डिस्चार्ज

विराटनगर, ३० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ७, सुनसरीमा दुई सय, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई÷दुई,...

विराटनगरमा मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउँदा प्रहरी र एमाले कार्यकर्तबिच झडप, अनेरास्ववियु उमहासचिव भाष्कर खनासहितका कार्यकर्ता घाइते

विराटनगर, २० माघ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाउने क्रममा नेकपा (एमाले) कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । झपमा अनेरास्ववियु उपमहासचिव भाष्कर खनालसहित आधादर्जन कार्यकर्ता घाइते भएका छन् ।...

कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको...

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा सुरेशराज सुवेदीसहित प्यानलै निर्वाचीत

विराटनगर, पुस ३–निर्माण व्यवसायी मोरङको अध्यक्षमा सुरेशराज सुवेदी निर्वाचीत भएका छन् । विाटनगरमा बुधबार सम्पन्न संघको २५ औँ साधारणसभाबाट दमन विक्रम थापालाई ३९ मत अन्तरले पराजीत गर्दै अध्यक्षमा सुवेदी निर्वाचीत भएका हुन् । सुवेदीले १...

ओशो आश्रमलाई ५ लाख सहयोग

विराटनगर, ४ असोज–विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न...

तोकिएको व्यक्तिबाट मात्र सूचना लिन अनुरोध

काठमाडौं, १५ असार-राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध गरेका छन् । आयोगका अध्यक्ष शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको नीतिविपरीत आयोगका सदस्य तथा...

सन्तोषी श्रेष्ठ र कला डाँगी सम्मानित

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशले दुई जना महिला नेत्रीलाई सम्मान गरेको छ । खेलकुद विकास बोर्डका संस्थापक सदस्य, नेकपा एमाले केशी प्रदेश सदस्य तथा नेपाल खेलकुद महासंघका स्थायी कमिटि सदस्य सन्तोषी श्रेष्ठ र...

विराटनगरमा बस्न नसकेको बुद्ध एयरकाे जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

विराटनगर, ११ असोज । विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । प्राविधिक समस्या आएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्किएको थियो । बुद्ध एयरको ‘एएनआई एटिआर’ जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्