औद्योगिक क्षेत्रमा विद्युत संकट : अदालत जाने बाटो खुला गर्नुको विकल्प छैन

 न्यूज विराट
औद्योगिक क्षेत्रमा विद्युत संकट : अदालत जाने बाटो खुला गर्नुको विकल्प छैन

विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड ट्रंक लाइन समस्याको समाधानका लागि अदालतीय प्रक्रिया अपनाउनुको विकल्प नभएको बताएका छन् । विराटनगरमा उद्योगी व्यवसायीसँगको भेटमा उनले यो समस्याले प्राधिकरण र उद्योगलाई समान रूपमा हानि पुर्‍याइरहेको स्वीकार गरेका छन् ।
‘डेडिकेटेड ट्रंकलाईन प्राधिकरणका लागि बिग्रिएको स्याउ जस्तै भएको छ । त्यसलाई सफा गर्नुपर्छ,ु बिहीबार मोरङ उद्योग व्यापार संघमा भेला भएका विराटनगरका उद्योगी व्यवसायीलाई शाक्यले भने, ‘यसलाई सफाई गर्न अदालत जान पाउने बाटो खुला गर्नुको विकल्प छैन ।’
प्राधिकरण आफै धामी आफैं झाँक्री नबन्ने भन्दै उनले अदालतले जे आदेश दिन्छ त्यो सबैले मान्नु पर्ने बताए । ‘डेडिकेटेड ट्रंक लाइनले प्राधिकरणलाई नोक्सानी त पुर्‍याएकै छ । अझ मुलुकलाई राम्रो राजश्व तिर्ने र रोजगारी दिने उद्योगलाई बन्धक झैं बनाएको छ,’ शाक्यले थपे, ‘यसबाट निकास पाउन अदालत जाने बाटो खुला गर्नुको विकल्प छैन ।’
हिउँदको सुख्खा याममा विद्युतको माग र आपूर्तिकाबीच गहिरो खाल्डो भएका कारण औद्योगिक क्षेत्रमा साँझपख विद्युत आपूर्ति कटौतीगर्न प्राधिकरण बाध्य भएको स्वीर्कादै शाक्यले यो अवस्था आगामी हिउँदमा पनि कायमै रहने उद्योगी व्यवसायीलाई पूर्वजानकारी दिएर आफ्नो जिम्मेवारीबाट फुत्कने प्रयास गरे ।
‘विद्युत आफुलाई जतिखेर उपलब्ध हुन्छ त्यती नै खेर वितरण हुँदै आएको छ । शाक्यले उद्योगी व्यवसायी र सञ्चारकर्मीको जिज्ञासालाई मत्थर गर्दै भने, ‘मलाई राती २ बजे विद्युत उपलब्ध हुन्छ अनि म पनि राती २ बजे नै वितरण गर्छु । मलाई १ बजे आपूर्ति भएर २ बजे वितरण गर्ने गरेको छैन ।’
यसअघि उद्योगी व्यवसायी र सञ्चारकर्मीले उनलाई उद्योगलाई राती २ बजे विद्युत आपूर्ति गरेर त्यो उद्योग कसरी चलाउने भन्ने जिज्ञासा राखेका थिए ।
आउँदो हिउँदमा प्राधिकरणले चाहेर पनि माग अनुसारको विद्युत आपूर्ति गर्न नसक्ने शाक्यको भनाई थियो । ‘त्यसका लागि प्राधिकरणसँग आवश्यक तयारी गर्ने समय नै अहिले नभएको बताउँदै उनले भने , ‘अर्को हिउँदका लागि सोलार ब्याट्रीको वैकल्पिक व्यवस्था गरेर हिउँदमा विद्युत आपूर्ति नियमित गर्ने लक्ष्य प्राधिकरणको छ ।’
कोशीमा सबैभन्दा बढी रोजगारी उपलब्ध गराएर उत्पादित वस्तु सतप्रतिशत निकासी गर्दै आएको सुनसरीको खनार स्थित रिलायन्स स्पीनिङ धागो उद्योगका प्रमुख प्रशासक महेश पोखरेलले उद्योग २४ सै घण्टा चलाउन प्राधिकरणको स्वामित्वमा रहेको मोरङको टंकीसिनवरीस्थित मल्टि फ्यूल डिजल प्लान्ट उद्योगले चलाउन प्राधिकरण समक्ष माग गरेको वर्ष दिन बित्दापनि अनुमति नपाएको प्रसंग शाक्य समक्ष राख्दा उनले डिजल प्लान्ट मल्टिफ्यूल सञ्चालनका लागि सहयोग गर्ने पक्षमा रहेको बताउँदै अन्य उद्योगीलाई पनि यस्तो विकल्प खोज्न आग्रह गरे ।
यसअघि मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, परिसंघका वरिष्ठ उपाध्यक्ष एवम व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा, परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, उद्योगी जगदिश अग्रवाल लगायतले औधोगिक क्षेत्रमा अनियमित विद्युत आपूर्तिका कारण सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योग ढाड विनाको मानिस झैं भएको गुनासो गरेका थिए ।
उनीहरुले उद्योगका लागि विद्युत कच्चा पदार्थ हो । कच्चा पदार्थ नै उपलब्ध नभएपछि उद्योग कसरी चल्छ रु भन्दै २४ घण्टाको डिमान्ड शूल्क लिएर ८ घण्टा मात्र विद्युत उपलब्ध गराउँदा अन्याय भएन भन्ने जिज्ञासा राखेका थिए । उद्योगी व्यवसायीले २०७५ सालमा मुलुक लोडसेडिङ मुक्त घोषणा गरेपनि सुनसरी मोरङ औधोगिक क्षेत्रले अहिले सम्म त्यसको अनुभूति गर्न नपाएको दुःखेसो पोख्दै सेडुल मिलाएर विद्युत कटौती गर्न आग्रह पनि गरेका थिए ।
विद्युत प्राधिकरणले सुचना विनै सुनसरी मोरङ औधोगिक क्षेत्रमा दैनिक ८ देखि १० घण्टा सम्म विद्युत आपूर्ति बन्द गर्दा औधोगिक उत्पादन चौपट भएको भन्दै विद्युत नियमीत गर्न शाक्य समक्ष आग्रह गरेका थिए ।
विना पूर्वसूचना भइरहेको विद्युत कटौतिले उद्योग व्यवसायको नियमित सञ्चालनमा व्यवधान हुँदा उत्पादन कटौति गर्न बाध्य हुनुका साथै दैनिक करौडौंको आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको उनीहरुको गुनासो थियो ।

सम्बन्धित समाचार

माधव नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १० पुस-चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् । कोटेश्वस्थित निवास पुगेर राजदूत यान्छीले भेट गरेको नेता विष्णु रिजालले बताए । भेटमा नेकपा विभाजनपछिको घटनाक्रमका...

कालीमाटी वृत्तका २ सय ३१ प्रहरीको नमुना संकलन 

काठमाडौं, ११ जेठ-महानगरीय प्रहरी वृत्त कालीमाटीका सबै प्रहरीको आज (आइतबार) कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको छ । गत बुधबार वृत्तमा कार्यरत २ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएपछि बाँकी प्रहरीको आज परीक्षण गरिएको हो । वृत्तमा कार्यरत...

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन...

स्वर्गीय डीएसपीद्वय केसी र खरेललाई वीरता पदक

काठमाडौं, ३ असोज । संविधान दिवसका दिन सरकारले कोभिड–१९ का कारण ज्यान गुमाएका डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेललाई वीरता पदक दिने घोषणा गरिएको छ । केसी र खरेलले गत जेठमा कोरोना संक्रमणका कारण नेपाल प्रहरी अस्पतालमा...

कोरोना भाइरसविरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराउने भएको छ । पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाउन नयाँ बानेस्वरस्थित सिभिल अस्पताल तोकिएको छ । खोप लगाउन चाहने पत्रकारले सोमबारदेखि शुक्रबारसम्म आफ्नो पत्रकार परिचयपत्र देखाएर लगाउन सक्ने...

कोरोना संक्रमणबाट थप २४६ जनाले ज्यान गुमाए

नेपालमा कोरोना भाइरसको संक्रमण थप २४६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालकका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना थप २४६ संक्रमितको मृत्यु भएको जानकारी दिए ।  योसँग नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको...

बढी मूल्यमा नुन बेच्दा २ लाख जरिमाना

काठमाडौं, १२ वैशाख-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई २ लाख रुपैयाँ जरिमाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा...

विराटनगरमा ७ सहित प्रदेश १ मा ७४ संक्रमित थपिए

विराटनगर, १२ भदौ–प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४÷१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्