भोकभोकै २ दिन पैदल हिँडेर कोशी ब्यारेज आइपुगेका १३ मजदुरको उद्धार

 न्यूज विराट
भोकभोकै २ दिन पैदल हिँडेर कोशी ब्यारेज आइपुगेका १३ मजदुरको उद्धार

विराटनगर, बैशाख २८–सिराहबाट भोक भोकै २ दिन लगाएर आउँदै गरेका १३ जना इट्टा उद्योगमा काम गर्ने मजदुरको सुनसरी स्थित कोशी ब्यारेजबाट उद्धार गरिएको छ । मोरङको कटहरी वडा नं. २ घर भइ सिराहको मथेलेस्वर गाउँपालिका–१० मिर्चैया स्थित बालाजी इट्टा उद्योगमा काम गर्दै आएका उनीहरुलाई कोशी ब्यारेजबाट उद्धार गरिएको हो ।

भोकमरी विरुद्धको साझा अभियान कटहरीका संयोजक मृत्युञ्जयकुमार झाको पहल र कटहरी–२ का वडाध्यक्ष किशोर पाण्डेको समन्वयमा उनीहरुलाई जिप रिजर्भ गरी कटहरी ल्याइएको हो । उद्धार गरि ल्याउन सवारी र त्यसको पासका लागि भोकमरी विरुद्धको साझा अभियान कटहरीले पहल गरेको हो ।

गत चैत ११ गतेदेखी जारी बन्दाबन्दीका कारण इट्टा उद्योगमा काम समेत बन्द भएर भोक भोकै बस्नुपर्ने अवस्था आएपछी डेढ बर्षिया १ बालिका र उनकी आमासहित अन्य ११ जना मजदुर सिराहबाट पैदलै हिँडेर कोशी ब्यारेज आइपुगेका थिए । सिराहबाट भोक भोकै कोशी ब्यारेज सम्म आइपुगेको उनीहरुका आफन्तले जानकारी गराएपछी गाडी पठाएर उद्धार गरि घर सम्म पुर्याइको अभियानका संयोजक झाले जानकारी दिए ।

उनले उद्धार गरि ल्याइएका सवैको कटहरी जनस्वास्थ्य कार्यालयको सहयोगमा आरडिटी परिक्षण गरि अनिवार्य एकान्तबासमा बस्न सुझाव दिँदै घर पठाइएको जानकारी दिए । ‘भाकै प्यासै कोशी ब्यारेज सम्म उहाँहरु आइपुगेको हामीलाई जानकारी प्राप्त भएपछी तत्काल वडासँगको समन्वयमा त्यहाँसम्म गाडी पठाएर उद्धार गरिएको हो ।’ उनले भने,‘सवैको आरडिटि परिक्षण समेत गरियो । रिपोर्ट नेगेटिभ आएपछी अनिवार्य रुपमा होम क्वारेन्टाइना बस्ने सल्लाह दिएर घर पठाएका छौँ ।’

नेकपा प्रदेश कमिटी सदस्यसमेत रहेका स्थानीय समाजसेवी झाका अनुसार उनीहरु सवैलाई कोशी व्यारेज स्थित हेल्थ डेस्कमा ज्वरो परिक्षण गरेर कटहरी ल्याइएको हो ।

उद्धार गरि ल्याएका भन्छन्–मरे बाँचे आफ्नै गाउँमा
कटहरी आइपुगेका मजदुरहरुले आफुहरुको उद्धार गरी ल्याइएकोमा खुशि व्यक्त गरेका छन् । उद्धार गरि ल्याइएका सन्तोष ऋषिदेवले आफुहरु इट्टा उद्योगमा भोकभोकै बस्नुपर्ने अवस्था आएपछी दुई दिन लगाएर कोशी ब्यारेज सम्म आइपुगेको जानकारी दिए । ‘उद्योगमा काम पनि बन्द भयो । अलि अलि भएको पैसासमेत सवै सकिएपछी भोकभोकै अस्ने अवस्था आयो । त्यसै मर्नुभन्दा पैदलै भएपनी घर आउने भनेर त्यहाँबाट हिँड्यौँ ।’ उनले भने,‘कोशी ब्यारेज आइपुेगेर गाउँमा सम्पर्क गरेपछी हामीलाई लिन गाडी पुगेर यहाँ आइपुग्यौँ । अब मरे बाँचे आफ्नै गाउँमा । गाउँ आएपछी भोक प्यास त्यसै हरायो । ’

त्यस्तै उद्धार गरि ल्याइएका सुभाष ऋषिदेवले पनि गाउँ आइपुग्नुनै ठुलो कुरा भएको बताए । ‘अभियानका संयोजक झाको घरमा पुगेर मेरो परिवारले जानकारी गराएपछी उहाँले तत्कालै गाडी पढाएर उद्धार गर्ने बचन दिनुभएको थियो ।’ उनले भने,‘उहाँ जहिल्यै समाजमा अप्ठ्यारो परेकाबेला सहयोगी हुनुहुन्छ । यो महमारीमा हामीलाई घरसम्म ल्याउनु सहयोग गर्नुभएकोमा धेरै धन्यवाद दिन चाहन्छु ।’

यस अघि उदयपुरबाट पनि कटहरीका १२ जनालाई उद्धार गरि ल्याइएको थियो । भोकमरी विरुद्धका साझा अभियानले कटहरीका कुनै पनि परिवार भोकै बस्नुपर्ने अवस्था नआओस भनेर असाहय, अति विपन्न, दैनिक ज्यालादारी मजदुरलगायतलाई राहत रमेत वितरण गर्दै आएको छ । अभियन्ता राजेश बरालले गाउँपालिमा क्षेत्रमा आर्थिक अवस्थाकै कारण चुल्हो बल्न नसकेर हातमुख जोर्न समस्यामा परेकाहरुलाई राहत सहयोग गर्दै आएको जानकारी दिए ।

सम्बन्धित समाचार

स्वास्थ्य सेवा विभागलाई खारेज गरिने

काठमाडाैं, २ जेठ-रकारले स्वास्थ्य सेवा विभागलाई खारेज गर्ने भएकाे छ । त्यसकाे ठाउँमा महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको (एनसीडीसी) स्थापना गर्ने  घोषणा सरकारले गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८...

विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी)...

दाङमा कोरोना संक्रमण नियन्त्रण तयारी

दाङ, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ । जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् । यस्तै, प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा...

बुद्ध जयन्तीमा पनि सुनसान लुम्बिनी

बुटवल, २५ वैैशाख-कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र पनि अछुतो छैन । बसन्त ऋतुमा फूलहरु फुलेर ढकमक्क र पालुवा पलाएर...

एमालेलाई भोट माग्ने अधिकार छैन : काँग्रेस नेता आचार्य

विराटनगर । नेपाली काँग्रेसका नेता महेश आचार्यले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।मोरङको क्षेत्र नं. ४ मा पर्ने कटहरिमा चुनावी सभामा सम्बोधन गर्दै नेता आचार्यले पटक – पटक संसद्लाई भत्काउनेलाई भोट...

संविधान संशोधन विधेयक स्वीकृत

काठमाडौं, २७ जेठ-प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले...

चोरीको आरोपमा एक जना पक्राउ

विराटनगर, १६ माघ । झापाको अर्जुनधारा नगरपालिका–५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए...

तेली समाजले निवन्ध प्रतियोगिता गर्दै, प्रथम हुनेलाई ६ हजार पुरस्कार

विराटनगर । तेली कल्याण समाजले निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो भदौ ९ गते समाजले निवन्ध प्रतियोगिता गर्ने भएको हो ।‘संघीयतामा जातीय एकताको आवश्यक्ता र चुनौती’ विषयक शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्