दुई खेलाडीमा कोरोना देखिएपछि जर्मनीको एक फुटबल टिमका सबै खेलाडी आइसोलेशनमा

 न्यूज विराट
दुई खेलाडीमा कोरोना देखिएपछि जर्मनीको एक फुटबल टिमका सबै खेलाडी आइसोलेशनमा

एजेन्सी, बैशाख २८-जर्मनीको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्टेनका सबै खेलाडी तथा प्रशिक्षकलाई आइसोलेशनमा राखिएको छ । दुई जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई साताका लागि आइसोलेशनमा राखिएको हो ।

जर्मनीमा कोरोना भाइरसको महामारी कम हुँदै गएपछि जनजीवन सामान्यतर्फ उन्मुख छ भने खेलकुद गतिविधिहरु विस्तारै सुरु गर्ने तयारी भइरहेको छ ।

जर्मन बुन्डेस लिगा र बुन्डेस लिगा टु यसै महिनादेखि सुरु हुँदैछ । महामारीका कारण रोकिएको बुण्डेस लिगाका खेलहरु १६ मे देखि सुरु हुने गरी तालिका सार्वजनिक भएको छ ।

तर डाइनामोले आफ्ना खेलाडी आइसोलेशनमा राखिएको बताउँदै भनेको छ, ‘‘तथ्य यहि हो कि हामी आगामी १४ दिन न प्रशिक्षण गर्न सक्ने छौं न त खेलमा नै सहभागी हुन पाउने छौं ।’

गएको बिहीबार जर्मन फुटबल एसोसिएशन (डीएफबी) ले लिगको यो सिजन स्वास्थ्य सम्बन्धी कडा नियम पालना गरेर मात्रै सुरु गर्ने पाउने घोषणा गरेको थियो । बन्द रंगशालामा हुने खेलका लागि हरेक खेलाडीको कोभिड–१९ परीक्षण अनिवार्य गरिएको थियो ।

सम्बन्धित समाचार

कोसी अस्पतालमा एक विरामीको मृत्यु, कोरोनाको आशंका

विराटनगर, साउन २०–कोरोना भाइरस संक्रमणको आशंकामा उपचारको लागि विराटनगर ल्याईएका उदयपुरका एक ब्यक्तिको अस्पताल पुग्नसाथ मृत्यु भएको छ । कोसी अस्पतालको आइसोलेसनमा भर्ना गर्न लागिएका उदयपुरको बेलका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मंगलबार बिहान...

पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा

कास्की, १० असार-प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो । सरकारले स्थानीय...

प्रदेश १ को बजेट अधिवेशन आजदेखि

विराटनगर, २४ जेठ । प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो २ बजेका लागि प्रदेशको बजेट अधिवेशन आह्वान गरिएको छ । सत्तारुढ नेकपा (एमाले) को असन्तुष्ट पक्षले असहयोग गर्ने आशंकाका बीच...

नहरले बगाएर बेपत्ता भएका युवा मोरङको जहदामा मृत भेटिए

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक जना युवक मृत फेला परेका छन् । नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीया गणित राजवंशी शव...

बलात्कार आरोपी सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं, पुस १४–बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सिद्धबाबा भनिने...

सीमा विवाद टुंग्याउन नेपाल-भारत संयुक्त आयोगको बैठक सकारात्मक : परराष्ट्रमन्त्री

नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ । भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद टुंगो लगाउन गहन...

सुनवर्षीमा अक्सिजनसहित २० बेडको आइसोलेन केन्द्र सञ्चालन

विराटनगर, ५ जेठ । नयाँ भेरियन्टको कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि मोरङको सुनवर्षी नगरपालिकाले सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि नगरपालिकाले वडा नं. २ स्थित अमरदह स्वास्थ्य चौकीमा अक्सिजनसहितको...

टेलिभिजनको लाइभमै ओबामा, बुस र क्लिन्टनले कोरोनाको खोप लगाउने

एजेन्सी, १९ मंसिर-अमेरिकाका तीन जना पूर्व राष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । अमेरिकी पूर्वराष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनले टेलिभिजनको लाइभ प्रशारणमा नै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्